कारोबार


एनसेलले घटायो पेएजयूगो भ्वाइस कल शुल्क

एनसेलले घटायो पेएजयूगो भ्वाइस कल शुल्क

नेपालखबर
पुस १७, २०७९ आइतबार १७:३९, काठमाडौँ

एनसेलका प्रिपेड ग्राहकहरुले अब अझै सुलभ दरमा आफ्नो मेन ब्यालेन्सबाटै भ्वाइस कल सेवाको लाभ लिन सक्ने भएका छन्। 

एनसेल आजियाटा लिमिटेडले आफ्नो नेटवर्कभित्र तथा नेपालका अन्य कुनै पनि दूरसञ्चार सेवाप्रदायकको नेटवर्कमा कल गर्दा लाग्ने भ्वाइस कलको महशुल दर करबाहेक प्रतिमिनेट १.६२ रुपैयाँ कायम गरेको छ।

प्रिपेड ग्राहकका लागि भ्वाइस सेवामा मेन ब्यालेन्सबाट कल गर्दा अर्थात् पेएजयूगोको नयाँ महशुल दर आइतबार (पुस १७) देखि लागू भएको छ। 

यस अघि कुनै पनि नेटवर्कमा लोकल कल गर्दा कर बाहेक रु १.९९ शुल्क रहेको थियो।
 

यो नयाँ शुल्क लागु भएसँगै एनसेलका ग्राहकले  अब नेपालभर जुनसुकै नेटवर्कमा एकै दर कर सहित प्रति मिनेट मात्र रु २.०५ मा कल गर्न सक्छन्। यस अघि यो शुल्क कर सहित रु २ं.५२ रहेको थियो।

ग्राहकहरूलाई मेन ब्यालेन्सबाट ढुक्कसँग विना कुनै प्याकेज अन–नेट र अफ–नेट भ्वाइस कल गर्न सजिलो र सहज बनाउँदै नयाँ दर कायम गर्न पाएकोमा कम्पनी हर्षित रहेको एनसेलले बताएको छ। 

आफ्ना ग्राहकहरुलाई गुणस्तरिय सेवा सुलभ दरमा प्रदान गर्दै उत्कृष्ट सेवा अनुभव प्रदान गर्न कम्पनी प्रतिवद्ध रहेका एनसेलले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad