ad ad

कारोबार


सेञ्चुरीको साधारणसभाबाट लाभांश पारित

सेञ्चुरीको साधारणसभाबाट लाभांश पारित

नेपालखबर
पुस १४, २०७९ बिहिबार १७:४८, काठमाडौँ

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको बाह्रौँ वार्षिक साधारणसभा बिहीबार सम्पन्न भएको छ। 

यो सभा बैंकको अध्यक्ष राजेश कुमार श्रेष्ठज्यूको अध्यक्षतामा आर्मी अफिसर्स क्लब, भद«काली काठमाण्डौंमा सम्पन्न भएको हो । 

साधारणसभाले सेयरधनीहरुलाई आ.व. २०७८/७९ को मुनाफाबाट चुक्ता पुँजी रकम  ८ अर्ब ४१ करोड ५४ लाख ७१ हजार ५७६ रुपैयाँ ३० पैसामा ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ। 

साथै  साधारणसभाले  लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७८ /७९ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण बाँडफाट लगायतका प्रतिवेदन पारित गरेको छ । 

यस साधारण सभाले सेञ्चुरी कमर्सियल बैंक लिमिटेडलाई प्रभु बैंक लिमिटेडले प्राप्ति गर्ने सम्झौंता समेत पारित गरेको छ ।
 

चालु आवको असोज मसान्तसम्म यस बैंकले कुल निक्षेप ८२.४२ अर्ब र कर्जा रकम ६६.९३ अर्ब परिचालन गरी २२.०२ करोड रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ । 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .