ad ad

कारोबार


प्रभु बैंकको साधारणसभाबाट लाभांश र सेञ्चुरीसँगको मर्जर पारित

प्रभु बैंकको साधारणसभाबाट लाभांश र सेञ्चुरीसँगको मर्जर पारित

नेपालखबर
पुस १४, २०७९ बिहिबार १७:५६, काठमाडौँ

प्रभु बैंकले बिहीबार २१औँ वार्षिक साधारणसभा गरेको छ। 

बैंकको सञ्चालक समितिका अध्यक्ष लिला प्रकाश सिटौलाको अध्यक्षतामा काठमाण्डौ, बबरमहलस्थित बैंकको प्रधान कार्र्यालयमा साधारणसभा बसेको हो। 

साधारणसभाले सञ्चालक समितिको प्रतिवेदनसहित गत आ.व. ०७८/०७९ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका अनुसूचीहरु पारित गरेको छ। बैंकको २१औं वार्षिक साधारण सभाले बैंकको सहायक कम्पनी प्रभु क्यापिटल लिमिटेडको गत आ.व. २०७८/०७९ को एकीकृत वित्तीय विवरण पनि पारित गरेको छ । 

आज सम्पन्न बैंकको २१औं वार्षिक साधारण सभामा छलफल तथा निर्णयार्थ प्रस्तुत सामान्य तथा विशेष प्रस्तावहरु पारित गर्दै बैंकले गत आ.व. २०७८/७९ को मुनाफाबाट गत आ.व. २०७८/०७९ आषाढ मसान्तमा कायम रहेको चुक्ता पूँजीको ६.५० प्रतिशत बोनश सेयर र बोनश सेयर र नगद लाभांशमा लाग्ने कर समेतका लागि १.५० प्रतिशत नगद लाभांश समेत वितरण गर्ने निर्णय पारित गरेको छ। 

वार्षिक साधारण सभाले सेञ्चुरी कमर्सियल बैंक लि. को १०० कित्ता सेयर बराबर प्रभु बैंक लि. को १०० कित्ता सेयर प्रदान गर्ने गरी सेञ्चुरी कमर्सियल बैंक लि. लाई प्राप्ति (एक्विजिसन) गर्ने संयुक्त मर्जर समितिले गरेको अन्तिम सम्झौतालाई सर्वसम्मत पारित/अनुमोदन गरेको छ। 

साधारण सभाले बैंकको अधिकृत पुँजी वृद्धि गरी २४ अर्र्ब रुपैयाँ कायम गर्ने निर्णय गरेको छ। आज सम्पन्न वार्षिक साधारण सभाबाट पारित निर्णय अनुसार बैंकको प्रबन्ध–पत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने क्रममा सम्बन्धित नियमनकारी निकायहरुबाट कुनै निर्देशन, सुझाव प्राप्त भएमा सो को आधारमा आवश्यक परिमार्जन गर्न तथा सेञ्चुरी कमर्सियल बैंक लि. लाई प्राप्ती (एक्विजिसन) गर्ने सम्बन्धमा अन्य आवश्यक सबै कार्य गर्न बैंकको सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने निर्णय पारित गरेको छ । 

आज सम्पन्न बैंकको २१औं वार्षिक साधारणसभाले ६.५० प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय पारित गरेपश्चात् बैंकको चुक्ता पुँजी १३ अर्ब ५३ करोड ४७ लाख ६९ हजार ९ सय ४६ रुपैयाँ पुगेको छ । प्रभु बैंकले देशका विभिन्न स्थानमा शाखारहित बैंकिङ्ग सेवा, ६३ वटा एक्स्टेन्सन काउण्टर कार्यालय, १९४ वटा एटिएम तथा २१७ वटा शाखा कार्यालयहरु सहित देशभर पैmलिएको आप्mनो बैंकिङ्ग सञ्जालको माध्यमबाट १९ लाख भन्दा बढि ग्राहकहरुलाई प्रत्यक्ष अत्याधुनिक प्रविधि सहितको गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाह गरिरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .