कारोबार


नयाँ स्टक एक्सचेन्ज र ब्रोकर लाइसेन्स सम्बन्धी रिट खारेज

नयाँ स्टक एक्सचेन्ज र ब्रोकर लाइसेन्स सम्बन्धी रिट खारेज

नेपालखबर
पुस १३, २०७९ बुधबार १८:३२, काठमाडौँ

नयाँ स्टक एक्सचेन्ज र थप ब्रोकरलाई लाइसेन्स दिने बारेमा परेको रिट खारेज भएको छ।

धितोपत्र बजार सञ्चालन नियमवली र धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावलीको संशोधन विरुद्ध संवैधानिक इजलासमा परेको रिट खारेज भएको हो। 

कात्तिक १६ गते अधिवक्ता अमृत खरेलले नयाँ स्टक एक्सचेन्ज र ब्रोकरलाई लाइसेन्स दिनको लागि संशोधन गरिएका नियमावली खारेजीको माग गर्दै रिट परेको थियो। 

उक्त रिट आज खारेज भएको हो। न्यायधीश हरिकृष्ण कार्की, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिल कुमार सिन्हा र सपना प्रधान मल्लको इजलासले उक्त रिट निवेदन खारेज गरेको सर्वोच्च अदालतले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad