कारोबार


खल्तीबाट सानिमा लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तानीमा १ हजारसम्म क्यासब्याक

खल्तीबाट सानिमा लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तानीमा १ हजारसम्म क्यासब्याक

नेपालखबर
पुस ७, २०७९ बिहिबार १८:३१, काठमाडौँ

‘खल्ती’ले अब  प्रयोगकर्ताहरुका लागि सानिमा लाईफ इन्स्योरेन्सको प्रिमियम 'खल्ती' बाट भुक्तानी गर्न मिल्ने सुविधा ल्याएको छ। 

सुविधासँगै अब खल्ती प्रयोगकर्ताले सानिमा लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तानी गर्दा १ हजार रुपैयाँसम्मको क्यासब्याक प्राप्त गर्ने अफर पनि खल्तीले ल्याएको जनाएको छ। 

तसर्थ, लामो लाइन बसी डिजिटल भुक्तानी गर्न, तुरुन्त भुक्तानी गर्न र समयमै भुक्तानी नगर्दा लाग्ने जरिवानाबाट बच्न तथा ग्राहकहरूलाई प्रोत्साहन गर्न खल्तीले यो सेवा ल्याएको हो ।

इच्छुक प्रयोगकर्ताले तल बताइएको अनुसार सानिमा लाईफ इन्स्योरेन्सको प्रिमियम ‘खल्ती’ बाट भुक्तानी गर्न सक्नेछन्:
१. खल्ती एप को होमस्क्रिनमा गई ‘इन्स्योरेन्स’ मा ट्याप गर्नुहोस्   
२. ‘सानिमा लाईफ इन्स्योरेन्स’ छनौट गर्नुहोस् 
३. मागिएको विवरण भरि भुक्तानी गर्नुहोस्

प्रयोगकर्ताले भुक्तानी गरेपछि १ हजार रुपैयाँ तत्काल बोनस पाउनेछन्। 

तर, खल्ती प्रयोगकर्ताले तोकिएको मितिभन्दा अघि वा तोकिएको मितिपछिको ७ दिनभित्र प्रिमियम तिर्नुपर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .