सेयरबजारमा आज पनि गिरावट आएको छ।
बजार परिसूचक नेप्से ५.८९ अंकले घटेर १८६७.२२ विन्दुमा पुगेको हो।
योसँगै बजारमा आज ८६ करोड ३८ लाख रुपैयाँको मात्र सेयर किनबेच भएको छ। २५२ कम्पनीको २४ लाख ४० हजार बढी कित्ता सेयर बिक्री भएको हो।
आजको बजारमा ६३ कम्पनीका लगानीकर्ताले कमाउँदा १४० कम्पनीका लगानीकर्ताले गुमाएका छन्।
जसले कमाए
आजको कारोबारमा आँधिखोला लघुवित्तका सेयरधनीले सर्वाधिक १० प्रतिशत आम्दानी गरेका छन्। उनीहरुले प्रतिकित्ता १५० रुपैयाँ आम्दानी गर्न सफल भएको नेप्सेले जनाएको छ।
त्यस्तै सृजनशील लघुवित्तका सेयरधनीले ९.९९ प्रतिशत, इस्टर्न हाइड्रो र घलेम्दी हाइड्रोपावरका लगानीकर्ताले क्रमशः ९.८५ र ९.१४ प्रतिशत आम्दानी गरेका छन्। धौलागिरि लघुवित्तका सेयरधनीले पनि आज ८.२१ प्रतिशत आम्दानी गरेका छन्।
आज पञ्चकन्या माई हाइड्रोपावरका सेयरधनीले सर्वाधिक ६.२८ प्रतिशत गुमाएका छन्। गुडविल फाइनान्स, सिनर्जी पावर, सनराइज ब्लुचिप र पिपुल्स पावरका लगानीकर्ताले पनि आज गुमाएका छन्।
आज एनआईसी एसिया बैंकको सर्वाधिक कारोबार भएको छ। बैंकको ११ करोड ८२ लाखको सेयर किनबेच भएको हो। त्यस्तै नबिल बैंकको ३ करोड ९५ लाख, शिवम् सिमेन्टको ३ करोड ८५ लाख, हिमालयन डिस्टिलरीको ३ करोड ३४ लाख र सोल्टी होटलको ३ करोड ३० लाखको मात्र सेयर कारोबार भएको छ।
Shares

प्रतिक्रिया