कारोबार


सलाम एयरद्वारा १० ट्राभल एजेन्ट सम्मानित

सलाम एयरद्वारा १० ट्राभल एजेन्ट सम्मानित

नेपालखबर
पुस ६, २०७९ बुधबार ११:५५, काठमाडौँ

सलाम एयरलाइन्सले नेपालस्थित आफ्ना टिकट बिक्री गर्ने ट्राभल्स एजेन्सीहरुलाई सम्मान गरेको छ। 

सन २०२२ भित्र टिकट बिक्री गर्ने उत्कृष्ट १० ट्राभल्स एजेन्टहरुलाई सम्मान गरेको हो। 

सन् २०१८ देखि नियमित उडान गरिरहेको सलामले हाल विभिन्न ३५ वटा गन्तव्यमा नियमित तथा केही अन्य गन्तव्यहरुमा सिजनल सेवा पु¥याउँदै आएको छ भने नेपालमा छिट्टै दैनिक उडान भर्ने जनाएको छ।

हालै काठमाडौंस्थित एलफ्ट होटलमा आयोजित एक विशेष कार्यक्रमका बीच नेपालमा क्रियाशील ट्राभल्स एजेन्सीहरुलाई विभिन्न विधामा सम्मानित गरेको कम्पनीले जनाएको छ। 

विभिन्न विधाअन्तर्गत टप रेभिन्यु पर्फर्मेन्स अवार्डबाट बेस्ट वे ट्राभल्स एन्ड टुर्स प्रालि, एक्सल ट्राभल्स एन्ड टुर्स प्रालि, हार्वेस्ट मून ट्राभल्स एन्ड टुर्स प्रालि, वोपन अवे ट्राभल्स एन्ड टुर्स प्रालि, प्रयास ट्राभल्स एन्ड टुर्स प्रालि, रस्बिता ट्राभल्स एन्ड टुर्स प्रालि र सी लिन्क ट्राभल्स एन्ड टुर्स प्रालि सम्मानित भएका छन्।

त्यस्तै मस्ट इम्प्रुभ्ड रेभिन्यु कन्ट्रीब्यूटर अवार्डबाट मस्र्याङ्दी ट्राभल्स एन्ड टुर्स प्रालि सम्मानित भएका छन्। त्यस्तै हाइऐस्ट एन्सिलरी रेभिन्यु कन्ट्रीब्यूटर अवार्ड जिओलोजी ट्राभल्स एन्ड टुर्स प्रालि सम्मानित हुनुभएको छ। त्यसैगरी राइजिङ्ग स्टार अन्तर्गत मार्वलस ट्राभल्स एन्ड टुर्स प्रालिलाई सम्मान गरेको छ।

सोही अवसरमा सलाम एयर लाईन्सले संस्थागत सामाजिक उत्तर दायित्व अन्तर्गत काठमाडौंमा सञ्चालित मानसिक सन्तुलन गुमाएका सडक बालबालिका तथा नागरिकहरुको लागि काम गरिरहेको संस्था नेपाल स्नेही काख नेपाललाई खाद्य सामग्री तथा लत्ता कपडा वितरण पनि गरिएको थियो। 

सलाम एयर लाईन्सको नेपालस्थित जीएसए आइएमई इन्टरनेशनल ट्राभल्स प्रालिले आयोजना गरेको उक्त कार्यक्रम आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा सलाम एयरका प्रतिनिधिहरुले बिजेता ट्राभल्सहरुलाई बधाई दिँदै आगामी दिनमा थप सहयोगको अपेक्षा रहेको बताए। 

आईएमई इन्टरनेशनल ट्राभल्स आईएमई गु्रपद्वारा सञ्चालित गु्रपको एक भगिनी संस्था हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad