ad ad

कारोबार


महिला सशक्तीकरणमा-महालक्ष्मी लाइफ कार्यक्रम आरम्भ

महिला सशक्तीकरणमा-महालक्ष्मी लाइफ कार्यक्रम आरम्भ

नेपालखबर
पुस ५, २०७९ मंगलबार १३:५९, काठमाडौँ

युवासँग-महालक्ष्मी लाइफको सफलतापछि महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले महिला सशक्तीकरणमा-महालक्ष्मी लाइफ कार्यक्रमको शुभारम्भ गरेको छ। 

कम्पनीका अध्यक्ष मनोरञ्जन रमण शर्माले पुस ४ गते चितवनको सौराहास्थित होटल सेभेन स्टारमा आयोजित समारोहमा पानसमा बत्ती बालेर उक्त कार्यक्रमको उद्घाटन गरेका हुन्। कार्यक्रममा देशभरबाट शाखा/उपशाखा प्रमुख र अधिकृतहरु समेत गरी ७५ जनाको उपस्थिति थियो। 

समारोहमा अध्यक्ष शर्माले आफ्नो उदघाटन मन्तव्य दिँदै कम्पनीले आफ्नो संस्थागत  सामाजिक उत्तरदायित्वअन्तर्गत महिला सशक्तीकरणको लागि कार्यक्रम सञ्चालन गर्न लागेको बताए। समाजमा पिछडिएका तथा आर्थिक रुपमा कमजोर रहेका महिलाको उत्थान नभई समाज र देशको उन्नति पनि नहुने भएकोले उनीहरुलाई अगाडि बढाउने यस्ता कार्यक्रम फलदायी हुने विश्वास व्यक्त गरे। 

कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले महिला सशक्तीकरणमा-महालक्ष्मी लाइफ कार्यक्रमको विस्तृत अवधारणा र महिला सशक्तीकरणमा कार्यक्रमले पार्ने प्रभावबारे जानकारी गराए। देशमा महिलाको जनसंख्या पुरुषको दाजोमा बढ्दै गइरहेकोले उनीहरुलाई सक्षम र आर्थिक रुपमा सवल नवनाई देश अघि बढ्न सक्दैन। महिलाहरुलाई तालिम दिई रोजगारीमार्फत आय आर्जनको बाटोमा अग्रसर गराउन यो कार्यक्रम उपयोगी र फलदायी हुने जानकारी प्रमुख कार्यकारी अधिकृत भट्टराईले दिए। 

आ.व. २०७९/८० भित्र परीक्षणको रुपमा सञ्चालन हुने यो कार्यक्रम ३० जिल्लामा सञ्चालन गरिनेछ । यो कार्यक्रममार्फत ६० जना महिलालाई प्रत्यक्ष रोजगारी र ३ हजारभन्दा बढीलाई अप्रत्यक्ष रोजगारी दिने लक्ष्य लिइएको छ। यो कार्यक्रममा सरकारी, गैरसरकारी निकायसँग समन्वय गरी महिलाहरुलाई तालिम दिने, रोजगारीको लागि बीमा लगायत विभिन्न कार्यमा संलग्न गराउने र नियमित अभिप्रेरित गर्ने कार्यक्रम रहेको छ। 

वरिष्ठ सहायक महाप्रबन्धक प्रशान्तराज धमलाले सञ्चालन गरेको कार्यक्रममा वरिष्ठ सहायक महाप्रबन्धक सपना खरेलले स्वागतमन्तव्य र कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत कमल पन्थीले सहभागीहरुलाई धन्यवाद ज्ञापन गरेका थिए। 

महालक्ष्मी लाइफले २०७८/७९ मा विद्यार्थी र युवाहरुमा जीवन बीमा सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने गरी युवासँग महालक्ष्मी लाइफ कार्यक्रम सञ्चालन गरेको थियो । एक वर्षभित्र कम्पनीका वरिष्ठ अधिकृतहरुले ३५ जिल्लाको ९१ वटा प्लस्टु र ब्याचलर कलेजमा ८ हजारभन्दा बढी युवालाई तालिम प्रदान गरेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .