कारोबार


हिमालयन बैंकले सेयरधनीलाई १९.११ प्रतिशत लाभांश दिने

हिमालयन बैंकले सेयरधनीलाई १९.११ प्रतिशत लाभांश दिने

फाइल तस्बिर


नेपालखबर
पुस ५, २०७९ मंगलबार ११:५९, काठमाडौँ

हिमालयन बैंक लिमिटेडले सेयरधनीलाई यस वर्ष १९.११ प्रतिशत लाभांश प्रदान गर्ने भएको छ। 

बैंकको यही पुस ५ गते बसेको सञ्चालक समितिको ४२७औँ बैठकले बैंकको आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई उक्त लाभांश बाँड्ने निर्णय गरेको हो। 

यसअनुसार चुक्ता पुँजीको ८ प्रतिशत बोनस सेयर र ११.११ प्रतिशत नगद लाभांश (करसहित) बाँड्ने निर्णय गरेको हो। 

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारणसभाले स्वीकृत गरेपश्चात् मात्र वितरण गरिने बैंकले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad