ad ad

कारोबार


सुनचाँदी व्यवसायीमाथि गोली प्रहार भएको भन्दै महासंघको ध्यानाकर्षण

सुनचाँदी व्यवसायीमाथि गोली प्रहार भएको भन्दै महासंघको ध्यानाकर्षण

नेपालखबर
पुस ४, २०७९ सोमबार १५:२५, काठमाडौँ

नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले दिनदहाडै कैलालीको अत्तरियामा सुनचाँदी व्यवसायीमाथि गोली प्रहार भएको भन्दै ध्यानाकर्षण जनाएको छ। 

सुदूरपश्चिमको कैलालीस्थित अत्तरियामा रहेको ‘घोडाघोडी सुनचाँदी कारखाना उद्योग’का सञ्चालक विकास सुनारमाथि आइतबार अपराह्न गोली प्रहार भएको थियो। 

महासंघका अनुसार करिब साँझ ५ः३० बजेको समयमा आफ्नो पसलबाट घर फर्कने क्रममा अत्तरिया चोकको पूर्वतर्फ रहेको सशस्त्र प्रहरी ब्यारेक र पेट्रोल पम्पको बीच नजिकै मोटरसाइकलमा आएका दुई जना अपरिचित व्यक्तिले सुनारमाथि गोली प्रहार गरेका थिए। साथै उनीसँग साथमा रहेको सुनचाँदीका गर–गहनाहरु र नगद भएको झोला लुटेर लगेका थिए। 

व्यवसायी सुनारको हाल धनगढीस्थित माया मेट्रो हस्पिटलमा उपचार भइरहेको र खतरामुक्त रहेको पीडितका परिवारजनले बताएका छन्। 
महासंघले स्थानीय व्यस्त बजारको प्रमुख चोकमा रहको पसलमा त्यति ठूलो आपराधिक घटना हुनु सुरक्षा संयन्त्रमाथि नै चुनौती खडा भएको महशुस गरिएको जनाएको छ। 

महासंघले भनेको छ, ‘चोरी, लुटपाट आदि घटनाहरु निरन्तर रुपमा भइरहनु र सुरक्षा संयन्त्र माथि चुनौति थपिनुले समग्र गहना व्यवसायीहरु असुरक्षित र त्रसित हुनुपर्ने वाध्यात्मक अवस्था उत्पन्न भएको प्रति महासंघ गम्भीर चिन्ता व्यक्त गर्दछ।’

महासंघले अनुसन्धान कार्यलाई प्रभावकारी रुपमा अगाडि बढाई अपराधमा संलग्नलाई कारबाही गर्न माग गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .