चालू आर्थिक वर्षको चार महिनामा सरकारको चालू खाता ३५ अर्ब ४० करोडले घाटामा रहेको तथ्यांकले देखाएको छ।
अघिल्लो वर्षको सोही अवधिमा चालू खाता २ खर्ब २० अर्ब ९१ करोडले घाटामा रहेको थियो।
नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ८६ करोडले घाटामा रहेको चालू खाता समीक्षा अवधिमा २८ करोडले मात्र घाटामा रहेको छ।
समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर १८.१ प्रतिशतले वृद्धि भई २ अर्ब ९७ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ४३ करोड रुपैयाँ आएको छ।
अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर २ अर्ब ५२ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी ६ अर्ब ६३ करोड प्राप्त भएको थियो।
समीक्षा अवधिमा शोधनान्तर स्थिति २० अर्ब ३ करोडले बचतमा रहेको तथ्यांकले देखाएको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १ खर्ब ५० अर्ब ३८ करोडले घाटामा रहेको थियो।
अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब २७ करोडले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १४ करोड ९६ लाखले बचतमा रहेको छ।
Shares

प्रतिक्रिया