कारोबार


नेपालको अर्थतन्त्र : कस्ता छन् ८ सूचक?

नेपालको अर्थतन्त्र : कस्ता छन् ८ सूचक?

नेपालखबर
मंसिर २९, २०७९ बिहिबार १५:२५, काठमाडौँ

चालु आर्थिक वर्षको ४ महिनामा मंहगी बढेको छ भने विदेशी विनिमय सञ्चितीमा सुधार हुँदै गएको छ। राष्ट्र बैंकले जारीको गरेको तथ्यांकले बैदेशिक व्यापार घाटा पनि कम भएको देखाएको छ। 

विप्रेषण आप्रवाह अर्थात रेमिटेन्स बढे, सोधान्तर स्थिती बचतमा, निक्षेप र कर्जा प्रवाह बढ्दै गएको देखाएको छ। 

यस्ता छन् आठ सूचकांक
वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ८.०८ प्रतिशत रहेकोछ ।

 आयात १८.१ प्रतिशतले, निर्यात ३३.३ प्रतिशतलेर कुल वस्तु व्यापार घाटा १५.९ प्रतिशतले घटेकोछ ।

  विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २०.४ प्रतिशतले र अमेरिकी डलरमा १०.८ प्रतिशतले बढेको छ।

 शोधनान्तर स्थिति रु २० अर्ब ३ करोडले बचतमा रहेको छ।

  कुल विदेशी विनिमय सञ्चिति रु. १२४६ अर्ब २७ करोड र अमेरिकी डलरमा ९ अर्ब ६३ करोड रहेको छ।

  संघीय सरकारको खर्च ३ खर्ब ५१ अर्ब र  राजस्व परिचालन  २ खर्ब ६८ अर्ब ७ करोड रहेकोछ।

  विस्तृत मुद्राप्रदाय १.० प्रतिशतले बढेको छ। वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय ६.४ प्रतिशतले बढेको छ।

 बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ०.९ प्रतिशतले  बढ्दा निजी क्षेत्रमा प्रवाहित कर्जा १.५ प्रतिशतले बढेको छ। वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर ८.६ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ५।.४ प्रतिशत रहेकोछ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad