कारोबार


एभरेष्ट बैंकको २० प्रतिशत लाभांश पारित

एभरेष्ट बैंकको २० प्रतिशत लाभांश पारित

नेपालखबर
मंसिर २६, २०७९ सोमबार १८:३७, काठमाडौँ

एभरेष्ट बैंक लिमिटेडले २८ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ।

साधारण सभाले लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७८/०७९ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँड हिसाब र वार्षिक प्रतिवेदन पारित गरेको छ।  

साधारण सभाले शेयरधनीहरुलाई आब २०७८/०७९ का लागि १३ प्रतिशत बोनस सेयर र ७.६८ प्रतिशत नगद लाभांश (बोनस शेयरमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ। 

बैंकले अधिकृत पूँजी रु. १००० करोडबाट बृद्धि गरि रु. १५०० करोड गरि प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव साधारणसभाले पारित गरेको छ। 

बैंकले ७ प्रतिशत कन्भर्टिबल प्रिफरेन्स सेयर अन्तिम पटक साधरण सेयरमा परिणत हुने र प्रस्तावित बोनस सेयर वितरण भए पश्चात हालको जारी र चुक्ता पूँजी  बृद्धि हुने भएकोले जारी र चुक्ता पूँजी बृद्धि गर्न प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव साधारणसभाले पारित गरेको छ।

बैंकको साधारणसभाले आब २०७९/८० को लागि श्री एन. अमात्य एण्ड कम्पनी, चार्टर्ड एकाउन्टेन्टसलाई लेखापरीक्षकमा नियुक्त गर्ने निर्णय सर्वसम्मतिबाट पारित गरेको बैंकले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad