ad ad

कारोबार


अमेरिकी सहरमा नेपाली उत्पादन र परिकारको चर्चा

दुवै देशलाई लाभ हुने गरी नेपाल–अमेरिका व्यापारमा जोड
अमेरिकी सहरमा नेपाली उत्पादन र परिकारको चर्चा

नेपालखबर
मंसिर २५, २०७९ आइतबार १२:८, काठमाडौँ

नेपाली महावाणिज्यदूतावास न्यूयोर्कले न्यूयोर्कमा ‘नेपाली उत्पादन, मौलिक परिकार तथा पर्यटन प्रवर्द्धनमा गैरआवासीय नेपाली समुदाय÷व्यवसायीको भूमिका’ विषयक अन्तर्क्रिया आयोजना गरेको छ। 

गैरआवासीय नेपाली संघ, अमेरिका, न्यूयोर्क च्याप्टरसँगको सहकार्य र स्थानीय नेपाली उद्यमी, व्यवसायी तथा संघसंस्था लगायतको सहभागितामा अन्तर्क्रिया आयोजना गरिएको हो। 

एनआरएनए न्युयोर्क च्याप्टरका तर्फबाट उपाध्यक्ष शोभाकान्त पाण्डेले अतिथिलाई स्वागत गर्दै महत्वपूर्ण विषयको कार्यक्रममा नेपाली महावाणिज्यदूतावाससँग सहकार्य गर्न पाउँदा खुसी लागेको विचार व्यक्त गरे। 

उनले गैरआवासीय नेपालीको मातृभूमिसँग निकट र भावनात्मक सम्बन्ध रहेको र नेपाल सरकारले देशको आर्थिक समृद्धिका लागि एवम् नेपाली वस्तु निर्यात तथा पर्यटन प्रवर्द्धनका लागि चालेका कदममा गैरआवासीय नेपाली समुदायको साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरे। 

कार्यवाहक महावाणिज्यदूत विष्णु गौतमले अतिथिलाई स्वागत गर्दै सहभागिताका लागि धन्यवाद दिएका थिए। नेपाल र अमेरिकाबीच रहेको मैत्रीपूर्ण र सुमधुर कूटनीतिक सम्बन्धलाई अझ प्रगाढ पार्न जनस्तर र व्यवसायस्तरका सम्बन्धको महत्वपूर्ण भूमिका हुने विचार राखेर दुई देशबीचको कूटनीतिक सम्बन्धको ७५औँ वार्षिकोत्सवको प्रसंग उठाउँदै उनले नेपाल र अमेरिकाबीचको व्यापार, पर्यटन, शैक्षिक तथा सांस्कृतिक आदानप्रदान अझ वृद्धि गर्न नेपाली व्यवसायी, शैक्षिक संस्था, नेपालका मित्र अमेरिकी नागरिक, पर्यटक, तथा गैरआवासीय नेपाली समुदायको सञ्जाल निकै प्रभावकारी हुनसक्ने विचार राखे। 

विदेशमा रहेका नेपाली समुदायले हासिल गरेको ज्ञान, सीप पुँजी, एवम् प्रविधिबाट नेपालले अझ बढी लाभ लिन सबैको प्रयास आवश्यक हुने उनले धारणा राखे।    

का.वा. महावाणिज्यदूतले आफ्नो प्रस्तुतिमा नेपाल र अमेरिकाबीचको व्यापारमा दुवै देशलाई लाभ हुने गरी उच्च वृद्धि सम्भव रहेको र यसका लागि थप बजारीकरण जरुरी रहेको बताउँदै दुईपक्षीय व्यापारको अवस्था, अमेरिका निर्यात भइरहेका र उच्च सम्भावना भएका नेपाली वस्तु र ती वस्तुले अमेरिकी बजार प्रवेशमा पाउने सुविधाबारे जानकारी दिए। 

अमेरिकामा नेपाली परिकार र पर्यटन प्रवर्द्धनमा संलग्न व्यवसायीले खेलेको भूमिकाको प्रशंसा गर्दै उनले बढ्दो नेपाली समुदाय र विस्तारित सञ्जालबाट संख्यात्मक र गुणात्मक दुवै रुपमा नेपालको प्रवर्द्धनमा अझ बढी योगदानका लागि नेपाली समुदायलाई आग्रह गरे।   

अमेरिकामा विभिन्न नेपाली वस्तुको आयात, बजारीकरण, बिक्रीवितरण, तथा पर्यटन र परिकार प्रवर्द्धनमा सक्रिय सर्वश्री अनिल रौनियार, लिंकन एभरेष्ट, सुमित अग्रवाल, निश्चल बांस्कोटा, दुर्गेशजंग कार्की, मनीष कर्ण र साङ्गदोर्जे शेर्पा गरी ७ जना व्यवसायीद्वारा प्रस्तुतीकरण गरिएको थियो। प्रस्तुतीकरणमा नेपालको प्रवर्द्धनका लागि आ(आफ्ना तर्फबाट भइरहेका प्रयास, अवशर र चुनौती तथा नेपालमा स्थानीय स्तरमा उत्पादित वस्तुदेखि लिएर अन्य वस्तु निर्यातसञ्जालमा जोड्न, जीएसपी नवीकरण, भन्सार सुविधा, बजारीकरण र नेपाली वस्तुको गुणस्तर कायम राख्न नेपाल सरकारको सहयोग आवश्यक रहेको धारणा व्यवसायीले राखे। 

नेपाली संघ÷संस्था तथा सञ्चारजगतका सहभागीले विभिन्न सुझावसहित नेपाल सरकारको प्रयासमा आफ्नो सदैव साथ रहने कुरा व्यक्त गरे।

कार्यक्रमको अन्तमा कार्यवाहक महावाणिज्यदूत र सम्बन्धित व्यवसायीद्वारा उठाइएका जिज्ञासाको जवाफ एवम् जानकारी दिइएको थियो। कार्यक्रमको सञ्चालन र मोडेरेसन वाणिज्यदूत गणेश अधिकारीले गरेका थिए भने कार्यक्रमको अन्त्यमा आमन्त्रित अतिथिका लागि नेपाली परिकारसहितको दिवाभोजको व्यवस्था गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .