ad ad

कारोबार


पुस १ देखि बुद्धको ठूलो जहाजबाट काठमाडौं–सुर्खेत उडान, भाडा कति?

पुस १ देखि बुद्धको ठूलो जहाजबाट काठमाडौं–सुर्खेत उडान, भाडा कति?

नेपालखबर
मंसिर २१, २०७९ बुधबार १४:१४, काठमाडौँ

बुद्ध एयरले आगामी पुस १ देखि काठमाडौं–सुर्खेत उडान एटीआर–७२ जहाजबाट गर्न लागेको छ । 

अहिले बुद्ध एयरले यस गन्तव्यमा एटीआर–४२ जहाजबाट उडान सेवा सञ्चालन गर्दै आएको हो। 

यात्रुहरुको बढ्दो माग र सुविधाका लागि बुद्ध एयरले यस गन्तव्यमा पनि एटीआर–७२ जहाजबाट उडान भर्न लागेको छ । यस जहाजको उडानबाट यात्रुहरु अधिक लाभान्वित हुने बुद्ध एयरले विश्वास लिएको छ ।

हाल सञ्चालनमा रहेको एटीआर–४२ उडान बाट यात्रुहरुको माग अनुरुप सिट संख्या उपलब्धता कम रहेको तथ्यलाई आत्मसात गर्दै एटिआर–७२ मार्फत उडान सञ्चालन गर्न लागेको छ ।

सानो जहाजको सञ्चालन खर्च उच्च हुने हुँदा भाडादरमा यसको प्रत्यक्ष प्रभाव पारेको छ । एटीआर–७२ बाट उडान गर्दा यात्रु सिट संख्या र सञ्चालन खर्च कम हुने हुँदा यसको प्रत्यक्ष लाभान्वित यात्रुहरुले पाउनेछन् । ठूला जहाजको उडानमा कम भाडादरका सिटहरु पनि उपलब्ध हुनेछन् ।

यस गन्तव्यमा न्यूनतम भाडादर ७,००० बाट सुरु हुने र मागअनुसार दैनिक २ उडान पनि बुद्ध एयरले भर्नेछ । यसबाट त्यहाँका स्थानीय यात्रुहरु थप लाभान्वित हुने बुद्ध एयरले जनाएको छ ।

डिसेम्बर १६, २०२२ देखि अब दैनिक बिहान १०ः०० बजे काठमाडौँबाट सुर्खेत र ११ः३५ बजे सुर्खेतबाट काठमाडौँको तालिका बुद्ध एयरले जारी गरेको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .