ad ad

कारोबार


निजीक्षेत्रबाट पहिलोपटक गोदाम तथा वितरण सेवा

निजीक्षेत्रबाट पहिलोपटक गोदाम तथा वितरण सेवा

नेपालखबर
मंसिर १८, २०७९ आइतबार ११:४२, काठमाडौँ

वेयरहाउस एन्ड डिस्ट्रिब्युसन सेन्टरले निजी क्षेत्रको सहकार्यमा न्यून दरमा गोदाम, वितरण तथा अन्य सेवा दिन सुरु गरेको छ। 

काठमाडौं वेयरहाउस एन्ड डिस्ट्रिब्युसन सेन्टरले शुक्रबार एक कार्यक्रमका बीच नेपाल फ्रेट फरवार्डर्स एसोसिएसन र नेपाल कुरियर सेवा संघसँग समझदारी गरेको हो। 

समझदारी पत्रमा नेफ्फा तर्फबाट अध्यक्ष मनोज अधिकारी र कोसानका तर्फबाट अध्यक्ष देवेन्द्र खड्काले हस्ताक्षर गरेका छन्। ती संस्थाका सदस्यहरूलाई वेयर हाउजिङ, वितरण तथा व्यावसायिक सेवा न्यून दरमा उपलब्ध गराइने काठमाडौं वेयरहाउस एन्ड डिस्ट्रिब्युसन सेन्टरले जनाएको छ।

उक्त समझदारीले नेपालको वेयर हाउजिङमा नयाँ आयाम ल्याउने अपेक्षा गरिएको छ। यो समझदारीसँगै संस्थाका सदस्य कम्पनीहरूले तोकिएको न्यून दरमा गोदाम, वितरण तथा अन्य सेवा उपयोग गर्न पाउँछन्। 

सम्झौतापत्रका अनुसार केडब्ल्यूडीसीले संकलन गरेको शुल्कको केही हिस्सा साझेदार संस्थालाई फिर्ता गरिनेछ र जसबाट तिनले विभिन्न विकासका काम गर्न सक्नेछन्। यसले दुवै पक्षलाई लाभ मिल्ने अपेक्षा गरिएको कोसानका अध्यक्ष देवेन्द्र खड्काले बताए। 

यो कम्पनी थानकोट चेकपोस्टनजिकै नेपाल आयल निगम डिपो जाने सडकमा छ। हाल १२ रोपनी जग्गामा फैलिएको यो सेन्टरले प्रशिक्षित कर्मचारीबाट श्रम सेवा, फोर्कलिफ्ट, क्रेन सुविधा, प्यालेटाइजेसन सेवा, हप्ताको सातै दिन चौबीसै घण्टा सुरक्षा, रिसिभिङ, अनलोडिङ, लोडिङ, भण्डारण, प्रेषणलगायत गोदामदेखि गेटसम्म ढुवानी सेवा प्रदान गर्ने जनाएको छ।

सो सेन्टरका निर्देशकमा किरण थापा, चिनपाल रौनियार, रोहित रौनियार, अञ्जिरमान प्रधान र दिनेश कुमार श्रेष्ठ छन्। काठमाडौँ, भक्तपुर र ललितपुर तथा काभ्रेलाई आधार मानेर यस प्रकारको गोदाम तथा वितरण केन्द्र स्थापना गरेको कम्पनीले जनाएको छ। यस्तै, यो सेवाले गोदाम तथा लोड अनलोडमा देखिएका समस्या समाधान गर्नमा सहयोग पुग्ने विश्वास कम्पनीले लिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .