सेयरबजारमा आज सुधार आएको छ।
नेप्से ११.२२ अंकले र सेन्सिटिभ १.८२ अंकले बढेको हो।
दोहोरो अंकको सुधारसँगै साताको अन्तिम कारोबार दिन आज कारोबार रकममा पनि सुधार आएको देखिएको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आज १ अर्ब ३२ करोडबराबरको सेयर कारोबार भएको हो।
२४१ कम्पनीको ३८ लाख ६५ हजार कित्ता सेयर किनबेच भएको नेप्सेले जनाएको छ।
योसँगै बजार पुँजीकरण २८ खर्ब २० अर्ब र तरलता १२ खर्ब १४ अर्ब पुगेको छ।
आज १०७ कम्पनीका लगानीकर्ताले कमाउँदा ८४ कम्पनीका लगानीकर्ताले गुमाएका छन् भने पाँचवटा कम्पनीका लगानीकर्ताले कमाउनु पनि परेन र गुमाउनु पनि परेन।
आज धौलागिरि लघुवित्तका सेयरधनीले १० प्रतिशत, श्वेतगंगा हाइड्रोका सेयरधनीले ९.२१ प्रतिशत, लाइफ इन्स्योरेन्स कर्पोरेसनका लगानीकर्ताले ५.०८ प्रतिशत कमाएका छन्।
लगानीकर्ताले आज ३.६४ प्रतिशतसम्म गुमाएका छन्। सर्वाधिक कारोबार भने नबिल बैंकको भएको छ। बैंकको १४ करोडको सेयर किनबेच भएको हो।
प्रतिक्रिया