गरिमा विकास बैंक म्याग्दी शाखाको आयोजनामा बुधबार सदरमुकाम बेनीमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
बैंकले १६औं वार्षिकोत्सवको अवसर पारेर बेनी शाखामा आयोजित रक्तदान कार्यक्रममा जिल्लास्थित व्यापारी, बैंकका सञ्चालक तथा कर्मचारी, सर्वसाधारणले रक्तदान गरी ३० पिन्ट रगत संकलन भएको छ।
रक्तदान कार्यक्रमको बैंकका सञ्चालक समिति सदस्य दिपेन्द्र श्रेष्ठले उद्घाटन गर्दै वित्तीय सेवा बाहेक शिक्षा, स्वास्थ्यलगायत मानवीय सेवामा निरन्तर सक्रिय रहेको बताए।
उनले म्याग्दीमा बैंकमार्फत दुर्गम क्षेत्रमा वित्तीय सेवासँग वित्तीय साक्षरता कार्यक्रम, सामाजिक उत्तरदायित्वअन्तर्गतका विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने गरेको बताए।
बैंकले हरेक वर्ष वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्वअन्तर्गत समाजमा योगदान पुर्याउने उद्देश्यसहित ‘रक्तदान, जीवनदान’ भन्ने मूल नारासहित रक्तदान कार्यक्रमको आयोजना गरेको म्याग्दी शाखाका प्रवन्धक कमल सुवेदीले बताए।
प्रतिक्रिया