ad ad

कर्णाली


दैलेख–२ प्रदेश सभा (१) मा कांग्रेसका भण्डारी विजयी

दैलेख–२ प्रदेश सभा (१) मा कांग्रेसका भण्डारी विजयी

नेपालखबर
मंसिर ७, २०७९ बुधबार २०:०, सुर्खेत

दैलेख निर्वाचन क्षेत्र नम्बर–२ प्रदेश सभा (१) मा गठबन्धनबाट नेपाली कांग्रेसका घनश्याम भण्डारी विजयी भएका छन्। भण्डारीले नेकपा एमालेका तिलक प्रसाद रिजाललाई एक हजार ३०५ मतले हराएका हुन्। 

भण्डारीले जम्मा खसेको मत २२ हजार ९४२ गणना गर्दा १० हजार ८०० मत पाएका हुन्। रिजालले ९ हजार ४९५ मत प्राप्त गरेका छन्।

प्रदेश सभामा निर्वाचित भण्डारी दुल्लु नगरपालिकाका पूर्वप्रमुख समेत हुन्। उनी देउवा निकट नेता हुन्। 

यस्तै, राप्रपाका यज्ञबहादुर थापाले ४७८, नेमकिपाका मदन भण्डारीले ३३७, हाम्रो नेपाली पाटी प्रेमबहादुर भन्डारीले ४७२, स्वतन्त्र पुरुषोत्तम रिजालले २७० मत पाए। १०९० बदर भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .