कारोबार


नेपाल बैंकद्वारा किसनलाल दुगड सम्मानित

नेपाल बैंकद्वारा किसनलाल दुगड सम्मानित

नेपालखबर
मंसिर १, २०७९ बिहिबार १७:११, काठमाडौँ

केएल दुगड समूहका अध्यक्ष किसनलाल दुगडलाई नेपाल बैंकले आफ्नो ८६औँ वार्षिकोत्सवको अवसरमा सम्मान गरेको छ।

बैंकले दुगड आफ्नो सम्मानित, मर्यादित, नियमित सहयात्रीको रुपमा बैंकको स्थापनाकालदेखि नै व्यवसायिक साझेदारको रुपमा रहिरहेको र यो कुरा बैंकले चिरकालसम्म संस्थागत रुपमा स्मरण गर्ने जनाएको छ।

मुलुकमा आर्थिक कारोबारलाई प्रवर्द्धन गर्दै रोजगारी सिर्जना गर्ने, उत्पादनमुलक क्षेत्रमा लगानी गरी निर्यातको माध्यमबाट विदेशी मुद्रा आर्जन गर्ने, आपूर्ती प्रणालीलाई सहजीकरण गर्ने, आर्थिक कृयाकलाप सुचारु गर्दै उध्यमशीलताको श्रीवृद्धि गर्ने कार्यमा दुगडले पुर्याएको योगदानको साथी नेपाल बैंक हुन पाएकोमा पनि बैंकले गर्व महसुस गरेको कुरा सम्मान प्रमाण पत्रमा उल्लेख छ।

नेपाल बैंकको व्यवसायिक तथा निष्ठावान ग्राहकको रुपमा दुगडलाई नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सम्मानपत्र हस्तान्तरण गरे।

सो अवसरमा सम्मान ग्रहण गर्दै किसालाल दुगडले आफूले पहिलो बैंकिङ कारोबार नेपाल बैंकबाट गरेको, सन् १९६० मा नेपाल बैंक मार्फत नै एलसी खोलेर ‘र जुट’ निर्यात गरेको, सन १९८१ मा एउटै एलसी मार्फत बैंककै इतिहासमा आज सम्मैकै ठूलो एलसी मार्फत चामल बंगलादेश निर्यात गरेको, बैंककै साथका कारण आफू तथा आफ्नो समूहले कृषि तथा विभिन्न क्षेत्रसँग सम्बन्धित उद्योग खोली उत्पादित वस्तुहरु विदेशसम्म निर्यात गर्न सक्षम भएको कुरा स्मरण गर्दै बैंकको उत्तरोत्तर प्रगतिको शुभ कामना पनि दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad