कारोबार


११.११ अभियानको लागि हिमालयन बैंक लिमिटेड र दराजबीच सम्झौता

११.११ अभियानको लागि हिमालयन बैंक लिमिटेड र दराजबीच सम्झौता

नेपालखबर
कात्तिक २३, २०७९ बुधबार १६:५०, काठमाडौँ

हिमालयन बैंक लि. र अनलाइन सपिङ्ग पोर्टल दराज केयमु प्रालिबीच व्यावसायिक सम्झौता भएको छ। बैंकका ग्राहकहरुलाई दराजको ११.११ अभियानमा छुट प्रदान गर्ने सम्झौता भएको हो। 

सम्झौता नोभेम्बर ११ गते लागु हुनेछ। बैंकका ग्राहकहरुले दराजको ११.११ को अवधिमा अनलाइन सामान खरिद गर्दा आफ्नो डेबिट कार्डमार्फत अग्रिम भुक्तानी गर्दा १५% वा अधिकतम २५ सय रुपैयाँसम्मको छुट र क्रेडिट कार्डमार्फत अग्रिम भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम ३ हजारसम्मको छुट प्राप्त गर्न सक्नेछन्। 

उक्त छुट प्राप्त गर्नको लागि ग्राहकहरुले आफ्नो कार्ड ई-कमर्शको लागि सक्रिय गर्नु पर्नेछ । ग्राहकहरुले हिमालयन बैंकको मोबाइल बैंकिङ्गबाट आफैलेनै आफ्नो कार्डमा ई-कमर्श सक्रिय गर्ने सुविधा प्रदान गरेको छ। 

यी पूर्वभुक्तानी छुटहरु सिमित र छुटमा केही शर्तहरु लागू हुने भएकोले दराजको ११.११ अभियानअन्तर्गत ग्राहकहरुले छुट प्राप्त गर्न यथाशीघ्र कार्डबाट पूर्वभुक्तानी गरी सामानहरु खरिद गर्नुपर्नेछ। 

उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट सहायक महाप्रबन्धक विजयमान नकर्मी र दराजको पेमेन्ट र पार्टनरसिप प्रमुख अरुण फुयाँलले हस्ताक्षर गरेका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .