ad ad

कारोबार


‘नेवानिको समस्या यो सरकारबाट सुरु भएको होइन’

‘नेवानिको समस्या यो सरकारबाट सुरु भएको होइन’

नेपालखबर
असार १०, २०७६ मंगलबार ९:१५,

अर्थमन्त्री डाक्टर युवराज खतिवडाले पर्यटन बोर्ड र स्थानीय तहबाट पनि पर्यटन वर्षका लागि खर्च गरिने भएकाले सरकारले पर्यटन बर्ष २०२० का लागि कम बजेट विनियोजन गरको बताएका छन्।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा विनियोजन विधेयक अन्र्तगत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालय शिर्षकहरु माथिको छलफलमा सांसंदहरुले राखेको प्रश्नको प्रधानमन्त्रीको तर्फबाट जवाफ दिदै अर्थमन्त्री खतिवडाले यस्तो बताएका हुन्।

पर्यटन बर्षका लागि १ अर्बभन्दा बढी लगानी गर्न सक्ने क्षमतामा पर्यटन बोर्ड रहेकाले सरकारले पर्यटन क्षेत्रको विनियोजन सोही अनुमानका आधारमा कम राखिएको बताए। त्यसैगरी स्थानीय तहले पनि पर्यटन क्षेत्रमा बजेट छुट्याउने गरेकाले संघीय सरकारले पर्यटन बर्ष २०२० का लागि धेरै बजेट नराखेको उनको तर्क थियो।

सांसदहरुले भ्रमण बर्षका लागि विनियोजन गरिएको रकम कम भएको भन्दै सो बारे मन्त्रीको जवाफ माग गरेका थिए।

हवाई पूर्वाधार रणनीति बनाइने
उनले प्रदेशमा बनाउने विमानस्थलबारेमा दुविधा रहेकाले सरकारले हवाई पूर्वाधारको रणनीति बनाउन लागेको र सोको आधारमा अन्तराष्ट्रिय, क्षेत्रिय र आन्तरिक उडानका लागि विमानस्थल बनाउने भन्नेबारे निर्णयमा पुगिने स्पष्ट पारे। उनले एउटा प्रदेशमा तीन वटा अन्तराष्ट्रिय विमानस्थलको कुरा संसदमै उठिरहेको भए पनि विमानस्थलको निर्माणको आधार तयार हुन नसकेकाले हवाई पूर्वाधार रणनीति तय भएपछि यसबारे थप काम अघि उल्लेख गरे।

राजश्व अनुसन्धान विभाग र सम्पत्ति सुद्धिकरण विभाग प्रधानमन्त्री कार्यालय मातहत राख्दाको प्रभाव सञ्चारमाध्यममा नै स्पष्ट देखिने गरि नै आएको उनले दाबी गरे।

आन्तरिक विमान भाडा स्वदेशी र विदेशीलाई भिन्न भएको भन्ने सन्र्दभमा उनले सरकारको नीति अनुसार नै नेपालीलाई अनुदान अनुसार प्राथमिकतामा राख्ने काम गरिएको स्पष्ट पारे।

नेपाल वायु सेवा निगममा देखिएको समस्या वर्तमान सरकारबाट सुरु नभएको भएपनि सरकार त्यसतर्फ चिन्तित रहेको बताए। उनले नेपाल एयरलायन्सको पुँजीगत र सांगठनिक पुर्नसंरचना गर्नुपर्ने आवश्यकता औंल्याए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .