कारोबार


नेपाली रञ्जित धानको समर्थन मूल्य प्रतिमन ११ सय रुपैयाँ

नेपाली रञ्जित धानको समर्थन मूल्य प्रतिमन ११ सय रुपैयाँ

नेपालखबर
कात्तिक १६, २०७९ बुधबार १२:५४, काठमाडौँ

अबको केही दिनपछि बर्खे धान भित्र्याउने कार्य सुरु हुँदै छ। यसै क्रममा धान काट्ने, सुकाउने बिक्री गर्ने चटारो किसानहरुलाई उत्तिकै थपिनेछन्।

यसलाई सहज बनाउँदै आरजु राइस मिलले नेपाली रञ्जित धानको समर्थन मूल्य ११ सय रुपैयाँ प्रतिमन तोकेको छ। १ मन बराबर ४० किलो हुन्छ। जसअनुसार धानमा नमिको मात्रा १८ प्रतिशत तोकिएको छ।

मिलमा धान पु¥याएको २ दिनभित्रै किसानको बैंक खातामा रकम जम्मा गरिनेछ ।

राइस मिलभित्रै धान तौल गर्ने अत्याधुनिक मेसिन जडान गरिएको छ। मेसिनलाई नापतौल गुणस्तर विभागबाट पनि स्वीकृति प्रदान गरिएको छ।

आरजु राइस मिलले किसानहरुसँग सहकार्य गर्दै  ‘रामधान’ र ‘तेजगोल्ड’ धानका बीउ किसानहरुलाई अनुदानमा बिक्री वितरण गरेको थियो।

आरजु राइस मिल पूर्ण स्वचालित मिल हुन् । मिलमा युरोपको प्रख्यात कम्पनी ‘भुल्लर’ का मेशिनहरु जडान गरिएका छन् ।

अबको केही सातापछि मिलले जीरा मसिनो, लङ ग्रेन तथा वास्मती चामल नेपाली बजारमा सस्तो दरमा बिक्रीवितरण गर्ने योजना अनुसार कार्य गरिरहेको छ ।

नेपालले प्रति वर्ष अर्बोखर्बौको खाद्यान्न आयात गरिरहेको छ । यसबाट रोजगारमा कमीको साथै विदेशी मुद्राको सञ्चिति पनि घटिरहेको छ। आरजु राईस मिल नेपाली किसानहरुसँग सहकार्य गर्दै स्वस्थ्य पौष्टिक चामल देशैभरि बिक्रीवितरण गर्ने लक्ष्य लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .