ad ad

कारोबार


डिजेल पेट्रोलका गाडीभन्दा विद्युतीय सवारी साधन बढी भित्रिए

डिजेल पेट्रोलका गाडीभन्दा विद्युतीय सवारी साधन बढी भित्रिए

नेपालखबर
कात्तिक १३, २०७९ आइतबार १५:३२, काठमाडौँ

डिजेल पेट्रोलका गाडीभन्दा विद्युतीय सवारी साधन बढी भित्रिएका छन्। सरकारले पेट्रोल डिजेलका गाडी आयातमा प्रतिबन्ध लगाउँदा विद्युतीय गाडी बढी भित्रिएका हुन्। 

३ महिनामा डिजेल/पेट्रोलका जिप कार भ्यान  ६९९ वटा भित्रँदा विद्युतीय गाडी ७०५ वटा भित्रिएका छन्।

सरकारले जेठ १५ बाट १०० बढी किलोवाटका गाडीमा भन्सार बढाउँदा सय किलोवाट कमका मात्रै गाडी आयात बढेको हो। १०० किलोवाटसम्मका ६८६ भित्रँदा २०० किलोवाट सम्मका १७ र ३०० किलोवाट सम्मका २ वटा मात्रै भित्रिएका छन्। 

अघिल्लो वर्ष ३ महिनामा १४३ वटा मात्रै विद्युतीय गाडी भित्रिएका थिए। जसमा १०० किलोवाटसम्मका ७१ र १०० किलोवाट बढीका ७२ वटा भित्रिएका थिए।  

सरकारले वैशाख यता एलसी खोल्न बन्द गरेको छ। वैशाखअघि नै एलसी खोलेका डिजेल पेट्रोलका ६९९ वटा गाडी भित्रिएको भन्सार विभागको तथ्यांकले देखाएको छ। 

३ महिनामा १५ अर्ब २६ करोड रुपैयाँको सवारीसाधन तथा पार्टस आयात भएको छ। चालु आर्थिक वर्षको साउनदेखि असोजसम्म ६ अर्बले आयात घटेको हो। आर्थिक वर्ष २०७८/०७९ मा २१ अर्ब ८४ करोड रुपैयाँको आयात भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .