ad ad

कारोबार


ओपोद्वारा नेपालमा एनाइन २०२० को भ्यानिला मिन्ट एडिशन सार्वजनिक

ओपोद्वारा नेपालमा एनाइन २०२० को भ्यानिला मिन्ट एडिशन सार्वजनिक

नेपालखबर
मंसिर ३०, २०७६ सोमबार ११:२९,

ओपोले नेपालमा सर्वाधिक लोकप्रियता कमाउन सफल आफ्नो ए–सिरिज अन्तर्गतको, एनाइन २०२०लाई नयाँ भ्यानिला मिन्ट एडिसनमा सार्वजनिक गरेको छ। नजिकिँदै गरेको क्रिस्मस र न्यू–ईयर लक्षित गर्दैै, आफ्नो ब्राण्ड र उत्पादनलाई दिएको अपार मायाँ र सफलताका लागि उपभोक्ता माझ कृतज्ञतास्वरुप कम्पनीले यो नयाँ भेँट प्रस्तुत गरेको जनाएको छ।

यसै बर्षको सेप्टेम्बर महिनामा मरिन ग्रिन र स्पेस पर्पल गरी दूई आकर्षक रंगमा सार्वजनिक एनाइन २०२०ले बजारमा सर्वाधिक मितब्ययी मूल्यमा उपलब्ध ८जीबी स्मार्टफोनका रुपमा समेत निकै लोकप्रियता कमाएको छ, सोही फोन अब कम्पनीले भ्यानिला मिन्ट ईडिसनमा सार्वजनिक गरेको हो। ओपो एनाइन २०२० भ्यानिला मिन्ट एडिसनमा गेमिङ तथा मल्टिटास्किङमा सहजताका लागि स्न्यापड्रागन ६६५ मोबाइल प्ल्याटफर्म जडान गरिएको छ। साथै, यसमा जीबी र्‍यामका साथमा १ सय २जीबी सञ्चय क्षमतापनि उपलब्ध गरिएको छ। यसमा रहेको ११एनएम प्रोसेसरले गेमिङका लागि उत्कृष्ट कार्यक्षमता प्रदर्शन गर्नुका साथै, उर्जा खपतमा समेत तेवा पुर्‍याउँछ।

क्यामेरा प्रणाली
फोनमा प्रयोगकर्तालाई उत्कृष्ट क्यामेरा अनुभव प्रदान गर्ने सोचका साथ एफ/१.८ एपर्चरका सहितको ४८एमपी लेन्स र १ सय १९ डिग्रि फिल्ड अफ भ्यू दिने अल्ट्रा वाइड ८-एमपी लेन्सपनि उपलब्ध गरिएको छ। यो उपकरणले फोरके भिडियोपनि सपोर्ट गर्छ। यसमा रहेको ५ हजार एमएएच क्षमताको ब्याट्री समग्र फोनकै महत्वपूर्ण सेलिङ पोइन्टका रुपमा रहेको छ। फोनको साधारण प्रयोग गर्दा यसमा रहेको ब्याट्रीले मज्जाले एक दिन भन्दा लामो समय सम्म टिक्छ। लामो समयसम्म गेमिङ तथा चलचित्रको मज्जा लिनेहरुका लागि समेत यो फोन निकै उपयुक्त छ। लगातार एचडी भिडियोको मज्जा लिँदा समेत फोनको ब्याट्री आरामले ११ घण्टा सम्म टिक्छ।

ओपो एनाइन २०२०को भ्यानिला मिन्ट एडिसनका बारेमा बोल्दै, ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने, ‘अत्याधुनिक स्पेसिफिकेशन्स र आकर्षक मूल्यका कारण ओपो एनाइन २०२०ले नेपालमा निकै लोकप्रियता कमाउन सफल रहेको छ। क्रिस्मस र न्यू–ईयर नजिकिँदै गर्दा चिसो मनोरम मौसमको मज्जा लिइरहेका हाम्रा उपभोक्तासँग खुशी साट्ने सोचका साथ हामीले एनाइन २०२० अन्तर्गत भ्यानिल मिन्ट एडिसन सार्वजनिक गरेका हौँ। यसले उपभोक्ताको थप नजिक हुन सघाउ पुग्नेमा हामी आशावादी छौँ।’

मूल्य र उपलब्धता
कम्पनीको नेपालभर रहेका प्रमुख विक्रि केन्द्र मार्फत ओपो एनाइन २०२० भ्यानिला मिन्ट एडिसन सहजै उपलब्ध गरिएको छ। कम्पनीले यसको बजार मूल्य रु. ३३ हजार ५ सय ९० निर्धारण गरेको छ। फोन बजारमा पछिल्लो पटक सार्वजनिक गरिए झैँ मरिन ग्रिन र स्पेस पर्पल रंगमा पनि उपलब्ध रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .