ad ad

कारोबार


१४ अंकले घट्यो सेयरबजार, यी हुन् कमाउने र गुमाउने कम्पनीहरु

१४ अंकले घट्यो सेयरबजार, यी हुन् कमाउने र गुमाउने कम्पनीहरु

नेपालखबर
मंसिर ३०, २०७६ सोमबार ९:४९,

सोमबार सेयरबजार दोहोरो अंकले ओरालो लागेको छ। बजार परिसूचक नेप्से १३.७५ अंकले र ठूला कम्पनीको कारोबार मापक सेन्सिटिभ सूचक २.१५ अंकले घटेपछि सबै उपसमूहको कारोबार सूचकहरु राताम्य भएका हुन्।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज बजारमा १२ समूहको कारोबार भए पनि सबै समूहको सूचक घटेका छन्। धेरै ओरालो लाग्नेमा निर्जीवन बीमा १७२.०९ र जीवन बीमा १३६.५३ अंक रहेका छन्। त्यसबाहेक उत्पादन, ऊर्जा, माइक्रोफाइनान्सको सूचक पनि दोहोरो अंकले घटेका छन्।

आज कुल १ सय ६६ कम्पनीको कारोबार भएकामा १३ लाख ७१ हजार कित्ता सेयर बिक्री भएको नेप्सेले जनाएको छ। दिनभरिमा ६ हजार ६ सय ३ पटकको खरिदबिक्रीपछि बजारमा कुल ४० करोड ७९ लाखको कारोबार भएको छ। कारोबार रकमका आधारमा आज धेरै सेयर किनबेच हुने कम्पनीमा एनएमबी बैंक अगाडि छ।

बैंकको ४ करोड ५६ लाखको सेयर कारोबार भएको छ। त्यस्तै, स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको २ करोड ३४ लाखको, एनआईसी एसिया बैंकको १ करोड ९५ लाखको, नेपाल बैंकको १ करोड ४९ लाखको, बेस्ट फाइनान्स कम्पनी लिमिटेड प्रमोटर सेयरको १ करोड ३६ लाखको र नेपाल लाइफ इन्स्योरेन्सको १ करोड २२ लाखको सेयर कारोबार भएको छ। बाँकी कम्पनीले करोडको कारोबार गर्न सकेका छैनन्।

कमाइका दृष्टिले आज सेयरबजारमा ५.४५ प्रतिशतसम्म कम्पनीहरुले कमाइ गरेका छन्। आज दिव्येश्वरी हाइड्रोपावरको सेयर ५.४५ प्रतिशतले बढेको छ। यसका सेयरधनीले ३ रुपैयाँ प्रतिकित्ता आम्दानी गरेका छन्। त्यस्तै, युनियन हाइड्रोपावर लिमिटेडका सेयरधनीले पनि ३ रुपैयाँ नै कमाएका छन्। कम्पनीको सेयर प्रतिकित्ता ५ प्रतिशतले बढेको नेप्सेले जनाएको छ।

घाटा व्यहोर्ने कम्पनीले आज ९.४९ प्रतिशतसम्म गुमाएका छन्। आज धेरै गुमाउनेमा हिमालयन पावर पार्टनर लिमिटेडका सेयरधनीले १५ रुपैयाँ प्रतिकित्ता गुमाएका छन्। कम्पनीको सेयर ९.४९ प्रतिशतले घटेको छ।

त्यस्तै महुली सामुदायिक लघुवित्त वित्तीय संस्थाका सेयरधनीले ६.२५ प्रतिशत, राष्ट्रिय बीमा कम्पनी लिमिटेडका सेयरधनीले ६.१९ प्रतिशत गुमाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .