नेपाल राष्ट्र बैंकले सोमबार १० अर्ब २३ करोडको ट्रेजरी बिक्री गर्ने भएको छ।
राष्ट्र बैंकका अनुसार ९१ दिने ८ अर्ब २३ करोडको र एक वर्ष अवधिको २ अर्ब गरी कुल १० अर्ब २३ करोडको ट्रोजरी बिल बिक्री गरिनलागेको हो।
राष्ट्र बैंकको सार्वजनिक ऋण व्यवस्थापन विभागले जारी गर्न लागेको ट्रेजरीको बोलकबोल प्रक्रियामा बैंक तथा वित्तीय संस्थाले सहभागिता जनाउन पाउनेछन्। यसमा छुट आम्दानीमा कर लाग्नेछ भने १५ प्रतिशत रकम गैरप्रतिस्पर्धीको लागि छुट्याएको छ।
अनलाइन प्रणालीबाट ट्रेजरी बिक्री गरिने राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकले यसअघि पनि गत २३ गते २ अर्ब २६ करोडको ९१ दिन अवधिको ट्रेजरी बिक्री गरेको थियो। यो ट्रेजरी पुस १ गते जारी हुनेछ।
प्रतिक्रिया