ad ad

कारोबार


रियलमीको ‘उत्सवको वहार, हरेक दिन उपहार’

रियलमीको ‘उत्सवको वहार, हरेक दिन उपहार’

नेपालखबर
असोज १०, २०७९ सोमबार १३:४१, काठमाडौँ

टेक्नोलोजी ब्रान्ड रियलमीले नेपालीहरुको महान चाड विजयादशमी, दीपावली तथा छठको पावन अवसरमा ‘उत्सवको वहार हरेक दिन उपहार’ योजना ल्याएको छ। 

यही असोज १० गते ००ः०० बाट रियलमीक्याम्पेन्सडटकममा सुरु हुने यो अफरमा उपभोक्ताहरुले स्मार्टफोन, टिभी, वासिङ मेसिनलगायत अन्य थुप्रै आकर्षक उपहारहरु जित्न सक्ने कम्पनीले जनाएको छ। 

२०२२ को दोस्रो चौमासिकको सर्वेक्षण अनुसार नेपालकै सर्वोत्कृष्ट मध्य तेस्रो स्मार्टफोन ब्रान्ड हुन सफल रियलमीले आफ्ना उत्पादनहरु मार्फत उपभोक्ताहरुलाई नवीनतम प्रविधि प्रदान गर्दै अगाडि बढ्न सफल भएको छ।

चाडपर्व लक्षित यस अफरको बारेमा बोल्दै रियलमी नेपालका कन्ट्री हेड मुनिश गिरीले भने, ‘रियलमी सधैँ नवीनतम प्रविधिहरु ल्याउन अग्रसर छ र हाम्रा उपभोक्ताहरुले पनि यसलाई मन पराइरहनुभएको छ। यो माया र साथको लागि हाम्रा उपभोक्ताहरुलाई हृदयदेखि नै धन्यवाद दिँदै उहाँँहरुको लागि पनि हामीले हाम्रो तर्फबाट केही विषेष उपहारहरु दिन गईरहेका छौँ। हामीलाई आशा छ हाम्रो यो सानो प्रयासले वहाँँहरुको चाडपर्वको माहोल अझै रमाइलो हुनेछ।’

यस योजना अन्तर्गत असोज १० देखि गते कात्तिक १४ सम्म  हरेक दिन ४ जना, हरेक हप्ता २ जना र बम्परमा ३ जना भाग्यशाली उपभोक्ताहरु छानिनेछन्। यस योजनामा सहभागी हुनको लागि रियलमीक्याम्पेन्सडटकम मा गएर आफ्नो नाम, फोन नम्बर, आफुले खरिद गरेको स्मार्टफोनको आइएमइआइ नम्बर र मोडल नम्बर जस्ता विवरणहरु राखेर दर्ता गर्नुपर्ने हुन्छ। यसरी छानिएका विजेताहरु मध्य हरेक हप्ता २ जनाले रियलमी सि ३० स्मार्टफोन जित्न सक्नेछ्न् भने ३ जना बम्पर विजेताले रियलमी ९, वासिङ मसिन र ६५ इन्चको फोरके टिभी जित्न सक्नेछन्।

यो अफर असोज १० देखि कात्तिक १४ सम्म खरिद गरिएका बजेट इन्टर्टेनर सी सिरीज, गेमिङ–केन्द्रित नार्जो सिरिज, अलराउन्डर नम्बर सिरिज, इनोभेटिभ जीटी सिरिजलगायत सबै रियलमी स्मार्टफोनहरूमामा लागू हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .