कारोबार


ब्याजदर बृद्धिको निर्णय स्थगन गर्न उद्योग वाणिज्य महासंघको माग

ब्याजदर बृद्धिको निर्णय स्थगन गर्न उद्योग वाणिज्य महासंघको माग

नेपालखबर
असोज ५, २०७९ बुधबार २२:१०, काठमाडौँ

नेपाल उद्योग वाणिज्य महासंघले बैंक वित्तिय संस्थाहरूले असोज १ देखि लागू हुने गरि ब्याजदरमा भएको वृद्धिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। 

यसले कर्जाको ब्याजदर अकासिने हुँदा कोभिड महामारी र त्यसपछि बाह्य र वित्तिय क्षेत्र असन्तुलनका कारण प्रभावित उद्यमी व्यवसायी मर्माहत हुनेतर्फ महासंघले सरकार, केन्द्रीय बैंक र बैंक वित्तिय संस्थाहरूको ध्यानाकर्षण गराएको छ।

‘बढ्दो लागतका कारण साना तथा मझौला उद्यम बन्द गर्नुपर्ने अवस्था आएको छ भने उत्पादित सामानको मुल्य अकासिएर आम सर्वसाधारणको जिविका पनि कष्टकर हुँदै गएको छ’ महासंघले बुधबार विज्ञप्ति प्रकाशित गरी भनेको छ, ‘आठ प्रतिशत भन्दा माथि पुगिसकेको मुद्रास्फिति दरलाई बैंक वित्तिय संस्थाहरूको यस निर्णयले थप माथि लग्नेछ। अर्थतन्त्र सुंकचित हुँदै जाँदा सरकारको राजस्व संकलन समेत करिब २० प्रतिशतले न्यून हुन गएको छ।’

यस्तै, महासंघले संकटको बेलामा जोखिम बाँडेर अर्थतन्त्रका सबै क्षेत्रले एक अर्कालाई सहयोग गर्नुपर्ने आवश्यकता औँल्याएको छ। 

विशेषगरि कोभिडका कारण पहिलो बन्दाबन्दीको अवस्थामा बैकिङ क्षेत्रबाट प्राप्त सहयोगको महासंघले प्रशंसा गरेको छ।

तर पछिल्लो निर्णयले ब्याज दरमा अस्थिरता हुँदा संचालनमा रहेको व्यवसाय जोखिममा पर्ने र नयाँ लगानी निरूत्साहित हुन भन्दै अर्थतन्त्रमा नकारात्मक असर पर्ने ब्याजदर बृद्धिको निर्णय तत्काल स्थगन गर्न महासंघले सरोकारवाला समक्ष माग गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad