ad ad

कारोबार


के.एल.दुगड ग्रुपका प्रबन्ध निर्देशक कुमुद कुमार दुगडलाई ‘प्रबल जनसेवाश्री’

के.एल.दुगड ग्रुपका प्रबन्ध निर्देशक कुमुद कुमार दुगडलाई ‘प्रबल जनसेवाश्री’

नेपालखबर
असोज ३, २०७९ सोमबार २१:२३, काठमाडौँ

के.एल. दुगड ग्रुपका प्रबन्ध निर्देशक, समाजसेवी एवम् उद्योग व्यवसायी कुमुद कुमार दुगडलाई ‘प्रबल जनसेवाश्री’ पदकबाट विभूषित गरिने घोषणा भएको छ।

देशको सामाजिक, आर्थिक लगायत मुलुकको समग्र औद्योगिक, व्यवसायिक क्षेत्रको विकासमा उनले पुर्याउँदै आएको योगदानको कदरस्वरुप संविधान दिवसको अवसर पारेर सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीबाट उनलाई ‘प्रबल जनसेवाश्री’ पदकबाट विभूषित गरिने भएको हो। 

दुगडको अग्रसरतामा कृषिलाई व्यवसायिकरण र औद्योगिकरण गर्नेतर्फ कृषकहरुलाई अभिप्रेरित गरी कृषिजन्य उद्योग व्यवसायमा विशिष्ट योगदान पुर्याउँदै उपभोक्ताहरुको स्वास्थ्य सुरक्षाको हक–हित र अधिकारको संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउँदै स्थानीय कच्चा –पदार्थमा आधारित उद्योग तथा कृषिजन्य उद्योग व्यवसायको विकास र विस्तार गर्दै आएका छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .