ad ad

कारोबार


दशैं तिहार लक्षित सुबिसुको ‘स्मार्ट’ अफर, सस्तो मूल्यमा ३२ इन्चको टिभी

दशैं तिहार लक्षित सुबिसुको ‘स्मार्ट’ अफर, सस्तो मूल्यमा ३२ इन्चको टिभी

नेपालखबर
असोज ३, २०७९ सोमबार २१:१३, काठमाडौँ

इन्टरनेट सेवाप्रदायक कम्पनी सुबिसु केबल नेट प्रालिले दशैं तिहारलाई लक्षित गर्दै स्मार्ट अफर सार्वजनिक गरेको छ।

कम्पनीले नयाँ तथा पुराना दुवै किसिमका प्रयोगकर्तालाई लक्षित गर्दै यो अफर ल्याएको हो। 

कम्पनीले ल्याएको ‘स्मार्ट डिल’ अफर अन्तर्गत ग्राहकले सुबिसुको कुनै पनि इन्टरनेट प्याकेज खरिदमा १५ हजार ९९९रुपैयाँमा (भ्याटसहित) ३२ इन्चको स्मार्ट टिभी र १४ हजार ५०० रुपैयाँमा (भ्याट सहित) स्मार्टफोन प्राप्त गर्न सक्नेछन्।  

यसैगरी ‘स्मार्ट सेभिङ’ नामक अफरमा नयाँ ग्राहकले निकै सस्तो मूल्यमा सुबिसु इन्टरनेट प्याकेज प्राप्त गर्न सक्नेछन् ।

यसअन्तर्गत १०० एमबीपीएस गतिको इन्टरनेट तीन महिनाका लागि चार हजार ९९९ रुपैयाँ (मासिक १,६६६ रुपैयाँ) र १२ महिनाको इन्टरनेट ११ हजार ९९९ रुपैयाँमै (मासिक एक हजार रुपैयाँमा) प्राप्त गर्न सकिनेछ। 

त्यस्तै ३०० एमबीपीएस गतिको इन्टरनेटलाई तीन महिनाका लागि सात हजार ९९९ रुपैयाँ र १२ महिनाका लागि १४ हजार ९९९ रुपैयाँ पर्नेछ।
 
सबै प्याकेजमा डिभाइस, जडान शुल्क र भ्याट समावेश रहेको सुबिसुले जनाएको छ ।

“पुराना ग्राहकहरूका लागि अन्य थुप्रै अफर समेत उपलब्ध छन्, त्यसका लागि नजिकैको शाखा वा सम्पर्क केन्द्रमा पुग्नुपर्ने छ,” कम्पनीले भनेको छ । 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .