पछिल्लो समय गगनचुम्बी भवन बनाउनमा चीनले ख्याति कमाएको छ। चीन वर्षैपिच्छे यस्ता भवनको संख्या बढाइरहेको छ।
तर, सन् २०१९ मा भने अघिल्ला वर्षको तुलनामा कम संख्यामा चीनमा अग्ला भवन बनेका छन्।
यो वर्ष चीनले २ सय मिटर (६५६ फिट) भन्दा अग्ला भवन ५६ वटा बनाएको छ। यो अघिल्लो वर्षको भन्दा ३८ प्रतिशतले कम हो।
चीनमा गगनचुम्बी भवन निर्माणको संख्या कम भएकै कारण विश्वभर यसको संख्यामा १४ प्रतिशतले कमी आएको छ।
यद्यपि अग्ला भवन जति बनेका छन्, त्यसको आधा चीनमा मात्रै छ।
यो वर्षको १० सबैभन्दा अग्लामध्ये ६ वटा चीनमै बनेका हुन्। एजेन्सी

प्रतिक्रिया