ग्लोबल


पाकिस्तानमा वर्षा र बाढीका कारण १५ सय जनाको मृत्यु, १२ हजार व्यक्ति घाइते

पाकिस्तानमा वर्षा र बाढीका कारण १५ सय जनाको मृत्यु, १२ हजार व्यक्ति घाइते

फाइल फाेटाे


नेपालखबर
असोज २, २०७९ आइतबार १७:३७, इस्लामावाद

पाकिस्तानमा मध्य जुनदेखि हालसम्म जारी अविरल वर्षाका कारण आएको बाढीमा परी मृत्यु हुनेको कूल सङ्ख्या १५ सयभन्दा बढी पुगेको छ। यस प्रकोपमा परी १२ हजारभन्दा बढी घाइते भएका राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरण (एनडीएमए) ले जनाएको छ।

एनडीएमएले शनिबार साँझ जारी गरेको प्रतिवेदनअनुसार देशमा छुट्टाछुट्टै वर्षा वा बाढी सम्बन्धी दुर्घटनामा ज्यान गुमाउनेमा पाँच सय ५२ बालबालिका र तीन सय १५ महिला छन्। देशको दक्षिणी प्रान्त सिन्ध सबैभन्दा बढी प्रभावित क्षेत्र भएको छ। यहाँ यस प्रकोपमा परी ६ सय ७८ व्यक्तिको मृत्यु भएको बताइएको छ। 

त्यसपछि उत्तरपश्चिम खैबर पख्तुनख्वा र दक्षिणपश्चिम बलुचिस्तान प्रान्तहरू छन् जसले क्रमशः तीन सय ६ दुई सय ९९ जनाको मृत्यु भएको जनाइएको छ। यसबाहेक, पाकिस्तानका विभिन्न भागहरूमा १९ लाख ४३ हजार नौ सय ७८ घरहरू ध्वस्त भएको र  नौ लाख ४३ हजार नौ सय नौ पशुधनको मृत्यु भएको जनाइएको छ।

यस मौसमी वर्षा र बाढीका कारण  १२ हजार सात सय ३५ किलोमिटर लामो सडक र तीन सय ७५ पुलमा क्षति पुगेको उल्लेख गरिएको छ। यसका अतिरिक्त ८१ जिल्ला र अनुमानित तीन करोड ३० लाख ४६ हजार तीन सय २९ मानिस बाढीबाट प्रभावित भएको एनडीएमएले सार्वजनिक गरेको तथ्याङ्कले देखाएको छ।

बाढी प्रभावित क्षेत्रमा एनडीएमए, अन्य सरकारी संस्था, स्वयंसेवी र गैरसरकारी संस्थाहरूद्वारा उद्धार र राहत वितरण जारी छ। रासस/सिन्ह्वा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .