प्रभु बैंकले निक्षेपमा १५ प्रतिशतभन्दा माथि ब्याज दिने भएको छ। उक्त बैंकले मुद्दती निक्षेपमा १५ दशमलव १३ प्रतिशतसम्मको आकर्षक ब्याज दिने भएको हो।
बैंकले असोज महिनादेखि विदेशबाट रेमिट्यान्स गरी पठाएको रकम मुद्दती खातामा जम्मा गर्दा वार्षिक १५ दशमलव १३ प्रतिशत ब्याज दिने जनाएको छ।
बचत खातामा पनि वार्षिक १० दशमलव १३ प्रतिशत ब्याजदर प्रदान गर्ने बैंकले जनाएको छ। सो ब्याजदर असोज १ देखि अर्थात् शनिबारदेखि कार्यनवनयमा आउने छ।
102
Shares

प्रतिक्रिया