कारोबार


इन्फ्रास्ट्रक्चर आइडिया हन्टमा ३ जनाले पाए साढे २ लाख

इन्फ्रास्ट्रक्चर आइडिया हन्टमा ३ जनाले पाए साढे २ लाख

नेपालखबर
भदौ ३०, २०७९ बिहिबार १४:५९, काठमाडौँ

नेपाल इन्फ्रास्ट्रक्चर समिट २०२२ को एक अंशको रुपमा नेपाल उद्योग परिसंघले आइडिया स्टुडियो नेपालसँगको सहकार्यमा इन्फ्रास्ट्रक्चर आइडिया हन्ट २०२२ सेप्टेम्बर ९ मा सम्पन्न गरेको छ। 

इन्फ्रास्ट्रक्चर आइडिया हन्टका २०२२ का  ३ विजेता आइडियाहरू कपिल अधिकारीको ट्राफिक ट्र्याकिङ, सौरभ सिंह चोेधरीको राइस ट्रान्सप्लान्टर र जोसेफ श्रेष्ठको रिभर्स भेन्डिङ मेसिनले जनही १.५ लाख, १ लाख र ५० हजार पुरस्कार प्राप्त गरेका थिए ।

हाल पुर्वाधार क्षेत्र जस्तेे  (यातायात, सिँचाइ, ऊर्जा, आवास, कृषि, डिजिटल, आदि) मा रहेको  पूर्वाधारका समस्याहरुलाई सम्बोधन गर्ने उद्देश्यका साथ इन्फ्रास्ट्रक्चर आइडिया हन्टले नवीनतम सोच भएका आइडिया हरुलाई प्रोत्सहान र अवसर प्रदान गरेको हो |

नेपाल इन्फ्रास्ट्रक्चर समिट २०२२, सेप्टेम्बर ८-९ गते  सोल्टी होटलमा समपन्न भएको थियो | उक्त कार्यक्रममा ५००  भन्दा बढी सरकारी कर्मचारी, विदेशी प्रतिष्ठित व्यक्तिहरू, थिंक ट्याङ्कहरू र लगानीकर्ताहरूको उपस्थिति थियो |
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .