कारोबार


दराजबाट सामान किन्दा सानिमा बैंकका ग्राहकलाई विशेष छुट

दराजबाट सामान किन्दा सानिमा बैंकका ग्राहकलाई विशेष छुट

नेपालखबर
भदौ २९, २०७९ बुधबार २१:५९, काठमाडौँ

नेपालीहरुको महान चाड वडा दशैंको अवसरमा सानिमा बैंकले ग्राहकहरुका लागि दराजसँग ‘दशैं धमाका’ योजनामा विशेष छुट दिने सहकार्य भएको छ। 

योजना अवधिभर ग्राहकहरुले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा दराजबाट सामान खरिद गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन्।

ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम् रु दुई हजारसम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम् रु दुई हजार पाँच सयसम्मको छुट प्राप्त गर्न सक्नेछन्। 

योजना अवधिभर सहभागी हुने ग्राहकहरुलाई ‘पहिलोलाई प्राथमिकता’को आधारमा छुट प्रदान गरिने बैंकले जनाएको छ। छुटका लागि ग्राहकहरूले दराजबाट बैंक भौचर संकलन गर्नुपर्नेछ।

यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरुले शून्य ब्याजदरमा मासिक किस्ताबन्दी सुविधा पनि प्राप्त गर्न सक्नेछन्।

यो योजना २०७९ भाद्र २९ देखि आश्विन ११ गतेसम्म १४ दिनका लागि लागू हुनेछ।

साथै, सानिमा बैंकले क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई मासिक किस्ताबन्दी सुविधा लिँदा रु. ५०० को क्यासब्याक पनि प्रदान गर्नेछ।

क्यासब्याक योजना २०७९ आश्विन १ देखि कार्तिक ३० गतेसम्म लागू हुनेछ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad