कारोबार


विश्व बैंकको ३५ अर्ब र एडीबीको साढे १ अर्ब सहयोग स्वीकार गर्ने निर्णय

विश्व बैंकको ३५ अर्ब र एडीबीको साढे १ अर्ब सहयोग स्वीकार गर्ने निर्णय

फाइल तस्बिर


नेपालखबर
भदौ २८, २०७९ मंगलबार १५:९, काठमाडौँ

सरकारले विश्व बैंक  र एसियाली विकास बैंक (एडीबी)ले दिने सहयोग स्वीकार गर्ने निर्णय गरेको छ। 

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बुहपक्षीय दातृनिकायले दिने सहयोग स्वीकृत गर्ने निर्णय गरेको हो। 

विश्व बैंकबाट यातायात तथा व्यापार आबद्धता अभिवृद्धि कार्यक्रमका लागि प्राप्त हुने ३५ अर्ब सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय भएको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए। 

त्यस्तै महिला संरक्षण तथा उत्थान प्रणाली परियोजनाका लागि एसियाली विकास बैंकबाट प्राप्त हुने १ अर्ब ५२ करोड सहायता स्वीकार गर्ने  र त्यसको वार्ता टोली गठन गर्ने निर्णय समेत भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad