सामाजिक उत्तरदायित्व अन्तर्गत सनराइज बैंकले ताप्लेजुङको पाथीभरा क्षेत्रमा प्रयोग हुने गरी तीन थान पोर्टेबल शौचालय र एक थान डिजिटल स्क्रोलिङ बोर्ड प्रदान गरेको छ।
बैंकका नायब महाप्रबन्धक रविनकुमार नेपालले पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेवेलाई उक्त सामग्रीको हस्तान्तरण गरे। जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामाको उपस्थितिमा बैंकले पोर्टेबल शौचालय र एकथान डिजिटल स्क्रोलिङ बोर्ड पाथीभरा क्षेत्र विकास समितिलाई हस्तान्तरण गरेको हो।
भक्तजनहरुको ठूलो आस्थाको केन्द्र पाथीभरामा वर्षभरीमा लाखौं भक्तजनहरु आउने गर्दछन्। मन्दिर पुग्नको लागि करिब ५/६ घण्टाको उकालो हिँड्नु पर्ने हुन्छ।
उक्त बाटोमा भक्तजनहरुलाई शौचालयको सुविधा पुर्याउने उद्देश्य साथ तीन थान शौचालय विभिन्न ठाउँमा राख्ने गरी हस्तान्तरण गरिएको बैंकका नायब महाप्रबन्धक रविनकुमार नेपालले बताए।
साथै मन्दिर यात्राको क्रममा सामाजिक सुचना दिन सहज होस् भन्ने हतुले डिजिटल स्क्रोलिङ बोर्ड पनि हस्तान्तरण गरिएको जनाएको छ।
साथै बैंकले डिजिटल स्क्रोलिङ बोर्ड पाथीभरा मन्दिर, चारआली, मेचीनगर १३, झापामा समेत उपलब्ध गराएको छ। उक्त कार्यक्रममा बैंकका नायब महाप्रबन्धक रोविनकुमार नेपाल र पाउ पाथीभरा उत्तर गंगा पर्यटन प्रबर्धन समितिका अध्यक्ष तिलक प्रसाद गिरीले बैंकका पदाधिकारीहरुको उपस्थितिमा डिजिटल स्क्रोलिङ घडीको उद्घाटन संयुक्त रुपमा गरेका थिए।
Shares

प्रतिक्रिया