ad ad

कारोबार


कोभिडले २ वर्ष घाटापछि नाफामा तारा एयर, ९ महिनामा कमायो ६४ करोड

कोभिडले २ वर्ष घाटापछि नाफामा तारा एयर, ९ महिनामा कमायो ६४ करोड

नेपालखबर
भदौ १६, २०७९ बिहिबार १८:२०, काठमाडौँ

कोभिडको कारण २ वर्ष घाटामा चलेको तारा एयर नाफामा जान थालेको छ। 

गत चैतसम्मको तथ्यांकले तारा एयरको कर र ब्याजअघिको नाफा १६ प्रतिशतले बढेको देखाएको हो। 

दुर्गम क्षेत्रमा उडान गर्ने तारा एयरले चैत महिनासम्मको ९ महिनामा ६४ करोड रुपैयाँको सञ्चालन आम्दानी गरेको छ। यती ग्रुपको ट्वीन अटर एयरक्राफ्टले दुर्गम उडान गर्दै आएको छ। 

जब कि आर्थिक वर्ष २०७७/०७८ मा सबैभन्दा बढी घाटा व्यहोरेको थियो। उक्त वर्ष ४७ करोड रुपैयाँ सञ्चालन आम्दानी रहेको कम्पनी कर र ब्याजअघि नै २७.३ प्रतिशतले घाटामा रहेको थियो। 

त्यस्तै आर्थिक वर्ष २०७६÷०७७ मा कम्पनीले २.१ प्रतिशतले घाटामा चलेको देखिएको छ। उक्त वर्ष कम्पनीको सञ्चालन आय ९४ करोड रुपैयाँ रहेको थियो। 

कोभिडअघिको समान्य अवस्थामा तारा एयरले वार्षिक डेढ अर्ब बढीको कारोबार गर्दै आएको थियो। आर्थिक वर्ष २०७५÷०७६ मा १ अर्ब ५६ करोड रुपैयाँ रहेको छ। 

लाक्पा सोनाम शेर्पा अध्यक्ष रहेको कम्पनीमा चन्द शेर्पा प्रबन्ध निर्देशक रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .