कारोबार


फनपार्कले काठमाडौं महानगरलाई बुझायो १७ लाख ३७ हजार मनोरञ्जन कर

फनपार्कले काठमाडौं महानगरलाई बुझायो १७ लाख ३७ हजार मनोरञ्जन कर

नेपालखबर
भदौ १६, २०७९ बिहिबार १७:२६, काठमाडौँ

भृकुटीमण्डपस्थित फनपार्कले काठमाडौं महानगरलाई कर बुझाएको छ। 

काठमाडौं महानगरको २४ घण्टे अल्टिमेटमपछि फनपार्कले कर बुझाएको हो। 

फनपार्क  सञ्चालक र काठमाडौं महानगरपालिकाबीच बिहीबार छलफल पछि कर तिर्न सहमत भएको हो। 

महानगरपालिकाअन्तर्गत राजस्व विभागका प्रमुख डा‍. शिवराज अधिकारीकाअनुसार फनपार्कका अधिकारीले कर बुझाएको जानकारी दिए। उनले मनोरञ्जन करबापत १७ लाख ३७ हजार रुपैयाँ बुझाएको बताए। 

बुधबार महानगरपालिकाले बाँकी रहेको कर २४ घन्टाभित्र तिर्न पत्र काटेको थियो। उक्त पत्र बुझाउन महानगरले बुधबार नै कर्मचारी पठाएको थियो। 

तर, उक्त पत्र फनपार्कले लिन मानेन। पत्र बुझ्न नमानेपछि महानगरपालिकाले बिहीबार दिउँसो पत्र टाँस्ने र त्यसपछि पनि अटेरी गरे सिलबन्दी गर्ने चेतावनी दिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad