कारोबार


ब्लाक एण्ड डेकरको डबल डिलाइट योजना सार्वजनिक

ब्लाक एण्ड डेकरको डबल डिलाइट योजना सार्वजनिक

नेपालखबर
भदौ १६, २०७९ बिहिबार १२:७, काठमाडौँ

अमेरिकन ब्रान्ड ब्लाक एण्ड डेकरले यो नयाँ वर्षलाई लक्षित गरी डबल डिलाइट नामक योजना सार्वजनिक गरेको छ। 

यो योजनाअन्तर्गत ग्राहकहरुले ब्लाक एण्ड डेकरको साना होम एप्लायन्सहरुको खरिद गर्दा स्योर सट उपहार पाउनुका साथै लक्की ड्र मा पनि सहभागी हुन पाउनेछन।

लक्की ड्रमार्फत १ भाग्यशाली ग्राहकले एलजी को ५५ इन्चको ओलेद टि.भी, १ भाग्यशाली ग्राहकले दुबइ टुर प्याकेज, २ भाग्यशाली जोडीले मेघौली सेराइ टुर प्याकेज र सप्ताहिक उपहार स्वरुप ४ भाग्यशाली ग्राहकहरुले ब्लाक एण्ड डेकरको कार भ्याकुम क्लिनर जित्न सकिने कम्पनीले जनाएको छ ।

स्योर सट उपहारस्वरुप ग्राहकहरुले ब्लाक एण्ड डेकरको एअर फ्राएर, ब्लेन्डर, ग्राएन्डर, जुसर, फुड प्रोसेसर, मिट मिन्सर, टोस्टर ओभन, भ्याकुम क्लिनर र ओएफआर हिटरको खरिदमा अन्तरराष्ट्रिय ब्रान्ड्को पर्फ्युम नि:शुल्क प्राप्त गर्न सक्नेछ भने एअर ह्युमिडिफायरको खरिदमा एभरेष्ट अरोमाको अरोमा किट(ओएल) नि:शुल्क प्राप्त गर्न सक्नेछ र गार्मेन्ट स्टीमरको खरिदमा गुणस्तरिय किचेन एप्रोन नि:शुल्क प्राप्त गर्न सक्नेछ। ब्लाक एण्ड डेकरको आकर्षक उपहार योजनाका साथै आफ्नो सबै सामानहरुमा आकर्षक छुट पनि रहेको छ।

ग्राहकहरुले यो योजनाको लाभ भाद्र १६ गतेदेखि सीमित अवधिका लागि नेपाल अधिराज्य भरि उठाउन सकिने कम्पनीले जनाएको छ ।

अन्तर्राष्ट्रिय ब्रान्ड ब्लाक एण्ड डेकरका उत्पादनहरु टिकाउ र भरपर्दो रहेको र यी उत्पादनहरुको प्रयोगले उपभोक्ताहरुको जनजीवन सहज भईरहेको र ब्लाक एण्ड  डेकरले प्रविधिको क्षेत्रमा नवीनता र आयम थप्दै आफ्नो सुरुवाती दिनहरू देखि नै नेपाली बजारमा सर्वाधिक लोकप्रियता बटुल्दै आइरहेको कम्पनीले दाबी गरेको छ।

ब्लाक एण्ड डेकर ब्राण्डका आधिकारिक बिक्रेता चौधरी ग्रुप रहेको छ ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad