ललितपुरमा नयाँ पाँचतारे होटल बन्ने भएको छ।
गुण ग्रुपले ललितपुरको ग्वार्कोमा होटल निर्माण गर्न लागेको हो।
राजेन्द्र शाक्य अध्यक्ष रहेको ग्रुपले ६ अर्ब ५१ करोड रुपैयाँ लागतमा होटल निर्माण गर्न लागेको हो। द मेसिफ होटल प्रा.लिको नाममा पाँचतारे होटल निर्माण गर्न लागेको छ।
होटल निर्माणको लागि कम्पनीले ३५ प्रतिशत वित्तीय प्रगति गरिसकेको छ। कम्पनीले २५ प्रतिशत स्वपूँजी र ७५ प्रतिशत ऋण लगानी गर्ने प्रस्ताव गरेको छ।
कम्पनीले ६० प्रतिशत ऋणको सुनिश्चितता गरेको छ। ६९ प्रतिशत स्वपूँजी संकलन गर्न बाँकी रहेको छ।
होटल ३०२ वटा कोठासहितको हुने बताइएको छ। कम्पनीले ऋणको लागि १ अर्ब ९५ करोड रुपैयाँ रेटिङ पाएको छ। कम्पनीले ४३ प्रतिशत असार मसान्तसम्म खर्च गरिसकेको छ। जग्गा खरिद र भवन निर्माणकोलागि खर्च गरेको छ।
२०२३ को मध्यबाट होटल सञ्चालनमा ल्याउने कम्पनीले लक्ष्य राखेका छन्।
त्रिभुवन विमानस्थल नजिकै बन्ने तारे होटलले अकुपेन्सीकोलागि सहज हुने बताइएको छ। होटल पाटन दरबारबाट २ किमी नजिक रहेको छ।
गुणा ग्रुपले रियल स्टेट, एयरलाइन्स, सञ्चारमाध्यममा लगानी गरिरहेको छ।
Shares

प्रतिक्रिया