ad ad

समाज


बुद्धनगरको एक घरबाट खसे दुई किशोर-किशोरी, घटनास्थल पुग्यो प्रहरी

बुद्धनगरको एक घरबाट खसे दुई किशोर-किशोरी, घटनास्थल पुग्यो प्रहरी

किशोर किशोरी खसेको स्थानमा प्रहरी र स्थानीयबासी। तस्बिर : रुपक चौलागाईं/नेपालखबर


नेपालखबर
भदौ १५, २०७९ बुधबार १८:२२, काठमाडौँ

काठमाडौंको बुद्धनगरस्थित एक घरबाट दुईजना किशोर-किशोरी खसेका छन्। 

स्थानीयका अनुसार करिब १३/१४ वर्षका उनीहरु बुधबार साँझ साढे ५ एकसाथ खसेका हुन्। 

बुटवल पावर कम्पनी नजिकैको घरबाट उनीहरु खसेपछि अहिले त्यहाँ घटनास्थलमा प्रहरी र स्थानीय पुगेका छन्। 

घरबाट खसेपछि गम्भीर घाइते भएका उनीहरु दुवैजनालाई उपचारका लागि सिभिल अस्पताल लगिएको प्रहरीले जनाएको छ। 

प्रहरीले अहिलेसम्म उनीहरुको पहिचान खुलिनसकेको जानकारी दिएको छ। अहिले घटनास्थलमा बानेश्वर वृत्तबाट प्रहरी टोली पुग्दैछ। 

किशोर-किशोरी खसेको स्थानमा प्रहरी र स्थानीयबासी। तस्बिर : रुपक चौलागाईं/नेपालखबर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .