कारोबार


घाइते ठेकेदारलाई सर्वाेत्तम सिमेन्टद्वारा बीमा रकम हस्तान्तरण

घाइते ठेकेदारलाई सर्वाेत्तम सिमेन्टद्वारा बीमा रकम हस्तान्तरण

नेपालखबर
भदौ १२, २०७९ आइतबार १६:१४, काठमाडौँ

सौरभ ग्रुप अन्तर्गतको सर्वोत्तम सिमेन्टले निर्माणका क्रममा घाइते भएका एक ठेकेदारलाई दुर्घटना बीमा रकम हस्तान्तरण गरेको छ।

कीर्तिपुरको भैंसेबजारस्थित एक निर्माणाधिन भवनको चौथो तल्लाबाट खसेर ठाकुर सिंह गुरुङ गम्भीर घाइते भएका थिए।

उपचारका क्रममा उनलाई सर्जरी लगायत स्टेनलेस स्टील इम्प्लान्टका साथै करीब २ महिनासम्मको पूर्ण रुपमा आराम आवश्यक रहेको बताइएको थियो।

यसअघि नै उक्त ठेकेदारले सर्वोत्तम सिमेन्टद्वारा आयोजना गरेको ‘ठेकेदार भेटघाट कार्यक्रम’ मा आफ्नो साइट रजिष्टर गराए बापत कम्पनीको तर्फबाट सो बीमा प्राप्त गरेका थिए।

भवन निर्माणका क्रममा ठेकेदार तथा अन्य निर्माणकर्मीहरुले उठाउने जोखिमलाई मध्यनजर गर्दै सर्वोत्तम सिमेन्टले आफ्नो साइट रजिष्टर गराएका ठेकेदारहरुका लागि रु ७ लाखसम्मको दुर्घटना बीमाको व्यवस्था ल्याएको थियो।

यस बीमा सुविधाले निर्माणकर्मीहरुलाई निमार्णकार्यका क्रममा घाइते हुँदा लाग्ने उपचार खर्च तथा त्यसपछिको जीविकोपार्जनमा केही सहुलियत पुग्ने विश्वास कम्पनीले लिएको छ।

निर्माणकर्मीहरुको सुरक्षा तथा सुस्वास्थ्य सुनिश्चित गर्नुका साथै कम्पनीका विभिन्न सामाजिक दायित्व पूरा गर्ने लक्ष्य अनुरुप सर्वोत्तम सिमेन्टले यस्तो व्यवस्था ल्याएको जनाएको छ।

कम्पनीका ब्राण्ड म्यानेजर गोपाल सारदाका अनुसार सर्वोत्तम सिमेन्ट अत्याधुनिक यूरोपियन भीआरएम प्रविधिद्वारा सिमेन्ट उत्पादन गर्ने नेपालकै पहिलो सिमेन्ट उद्योग हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .