कारोबार


केरुङ-रसुवागढी रेल बीआरआई अन्तर्गत बनाइने, सम्भाव्यता अध्ययन थाल्न चीन तयार

केरुङ-रसुवागढी रेल बीआरआई अन्तर्गत बनाइने, सम्भाव्यता अध्ययन थाल्न चीन तयार

चीनबाट फर्किएपछि त्रिभुवन विमानस्थलमा परराष्ट्रमन्त्री खड्का। तस्बिर : नेपालखबर


नेपालखबर
साउन २६, २०७९ बिहिबार १९:५७, काठमाडौँ

चीन र नेपालबीच तिब्बत हुँदै आउने केरुङ-रसुवागढी रेल परियोजना बेल्ट एन्ड रोड अवधारणा अन्तर्गत नै अघि बढाउने समझदारी बनेको छ।

चीनको तीन दिने भ्रमण सकेर बिहीबार साँझ त्रिभुवन विमानस्थलमा अवतरण गरेका परराष्ट्र मन्त्री डा. नारायण खड्काले यसबारेमा जानकारी दिएका हुन्। 

खड्काले त्रिभुवन विमानस्थलमा पत्रकारहरुको प्रश्नको जवाफ दिने क्रममा चीनको महत्वाकांक्षी कार्यक्रम बेल्ट एन्ड रोडका लागि नेपालले यसअघि पठाएका ९ वटा परियोजनाभित्रै रेलमार्ग पनि समेट्ने समझदारी भएको जानकारी दिएका हुन्। 

'रेलको सम्भाव्यता अध्ययन प्रक्रिया बीआरआई अन्तर्गत नै अगाडि बढाउने समझदारी भएको छ',  उनले भने, 'नेपालले यसअघि नौवटा परियोजना पहिले नै पठाइसकेको। रेल परियोजना पनि बेल्ट एन्ड रोड अवधारणा अन्तर्गत नै अघि बढाउन चीन तयार भएको छ। त्यहीअनुसार तिब्बत हुँदै केरुङबाट रसुवागढी आउने रेलको सम्भाव्यता अध्ययन अघि बढ्छ।'

खड्काले रेलको सम्भाव्यता अध्ययनका लागि चीनले प्राविधिक टोली चाँडै पठाउने जानकारी दिएको पनि बताए। यसअघि यो रेल परियोजना कसरी अघि बढाउने भन्नेमा दुई देशबीच कुरा मिलेको थिएन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .