कारोबार


प्रभु बैंकका ग्राहकलाई लोकहित डेन्टल हस्पिटलमा छुट

प्रभु बैंकका ग्राहकलाई लोकहित डेन्टल हस्पिटलमा छुट

नेपालखबर
साउन २४ , काठमाडौँ

प्रभु बैंक लिमिटेड र लोकहित डेन्टल हस्पिटल प्रालिका बिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ। 

बैंकका तर्फबाट डिजिटल सेल्स विभागका प्रमुख भेष राज धमला र त्रिशुली लोकहित डेन्टल हस्पिटल प्रा .लि तर्फबाट अध्यक्ष डा.गणेश साहले सम्झौतामा हस्ताक्षर गरेका हुन्।

प्रभु बैंक र उक्त  प्रालिबिच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका सम्पूर्ण ग्राहकहरुले लोकहित डेन्टल हस्पिटल प्रालिद्वारा सञ्चालित सेवामा १० प्रतिशत छुट प्राप्त हुने भएको छ।

यद्यपि बिल रकम रु ५०० भन्दा कम भएमा छुट प्रदान नहुने जानकारी गराइन्छ।

सम्झौता अन्तर्गत लोकहित डेन्टल हस्पिटल प्रालिकामा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहकले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ च्यानलहरू प्रयोग गरी भुक्तानी गर्दा, लोकहित डेन्टल हस्पिटल प्रा .लि.का उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाइएको छ।

यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहक लाभान्वित हुनेछन् भन्ने बैंकले विश्वास लिएको जनाएको छ।

साउन २४, २०७९, मंगलबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.
ad ad