कारोबार


अन्नपूर्ण गाउँपालिकाको बजेट ५८ करोड १० लाख, भोटेकुकुरलाई २ लाख

अन्नपूर्ण गाउँपालिकाको बजेट ५८ करोड १० लाख, भोटेकुकुरलाई २ लाख

वाशुदेव मिश्र
असार ९, २०७६ सोमबार ९:१३,

भोटेकुकुर संरक्षणका लागि २ लाख विनियोजन गर्दै कास्कीको अन्नपूर्ण गाउँपालिकाले आर्थिक वर्ष २०७६÷०७७ को लागि ५८ करोड १० लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

कास्कीको उत्तरी भेगमा रहेको अन्नपूर्ण गाउँपालिकाले नीति तथा कार्यक्रम सार्वजनिक गर्दा नै सुरक्षा, सुन्दरता र आवाजको लागि प्रख्यात रहेको भोटेकुकुर संरक्षणको पहल गर्ने घोषणा गरेको थियो। बजेटमा व्यवसायिक भेँडा, चौँरीपालन र पशुहरुको नश्ल सुधारको लागि १० लाख विनियोजन गरिएको छ।

गाउँपालिकाले सोमबार सार्वजनिक गरेको बजेटमा पीपल चौतारी, कुवा र पोखरी संरक्षणको लागि १५ लाख रुपैयाँ छुट्याइएको छ। बजेटमध्ये १२ करोड १३ लाख रुपैयाँ विषयगत शाखा,वडागत पूँजिगत अनुदानमा १ करोड ७७ लाख र समपुरक कोषको लागि ४ करोड विनियोजन गरिएको छ।

गाउँपालिकाले बजेटमध्ये पूँजिगततर्फ १६ करोड ४६ लाख र चालुतर्फ ३९ करोड ५६ लाख विनियोजन गरेको जनाएको छ । गाँउपालिकाले वातावरण तथा विपद व्यवस्थानमा ७० लाख, वित्तीय व्यवस्थापनमा २५ लाख, संस्थागत विकासमा ४५ लाख,आर्थिक विकास समितिमार्फत सम्पादन हुने गतिविधिलाई २ करोड, सामाजिक विकासको लागि ३ करोड २० लाख,पूर्वाधार विकासमा ५ करोड ५३ लाख विनियोजन गरेको जनाएको छ।

बजेटले एक घर, एक धारा, ग्रामीण सडक निर्माण र स्तरोन्नति, पदयात्रा मार्ग निर्माण तथा सामाजिक सुरक्षा कार्यक्रमलाई विशेष जोड दिइएको गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .