नेपाल राष्ट्र बैंकले सरकारले चालू आवको लागि तोकेको आर्थिक वृद्धिदरको लक्ष्य हासिल गर्न कठिन रहेको बताएको छ।
आर्थिक वर्ष ०७९/०८० को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले चालू आवमा आर्थिक वृद्धिदरको लक्ष्य हासिल गर्न चुनौती हुने बताएका हुन्।
तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले नयाँ बजेटमार्फत चालू आवमा ८ प्रतिशत आर्थिक वृद्धिदर लक्ष्य तोकेका थिए। तर यो लक्ष्य हासिल गर्न निकै कठिन रहेको गभर्नर अधिकारीले बताएका छन्।
चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै उनले कोभिडको महामारी कम भएको आधारमा मौद्रिक नीति आएको बताए।
राष्ट्र बैंकले वैदेशिक रोजगारीमा जानेको संख्यासँगै पर्यटक आवागमन बढ्दै जाने विश्लेषण गरेको छ।
147
Shares

प्रतिक्रिया