भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आउँदा इण्डियन आयल कर्पोरेसनले पनि नेपाल आयल निगमलाई मूल्य घटाएको हो।
नेपाल आयल निगमका अनुसार शनिवार नेपाल आएको मूल्यसूची अनुसार पेट्रोलमा १५ रुपैयाँ ६० पैसा र डिजेलमा १६ रुपैयाँ मूल्य घटेको छ। अझै निगमलाई घाटा नै रहेको निगमले जनाएको छ।
निगमका अनुसार अझै पनि पेट्रोलमा १४ रुपैयाँ र डिजेलमा २२ रुपैयाँ घाटा रहेको छ।
नेपालमा अब मूल्य घटाउने वा नघटाउने विषयको निर्णय गर्न भने निगमको बोर्ड बैठक बस्नुपर्ने छ। बोर्ड बैठकको निर्णय अनुसार मूल्य घटबढ हुँदै आएको छ।
बोर्डको प्रमुख उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव गणेश पाण्डे रहेको छन्।
45
Shares

प्रतिक्रिया