महालेखा परीक्षकको कार्यालयले असारे विकासमा प्रश्न उठाएको छ।
आर्थिक वर्ष २०७७/०७८ मा असार महिनामा २ खर्ब ७९ अर्ब ७१ करोड खर्च भएको उल्लेख गरेको हो।
उक्त वर्ष १४ खर्ब ७४ अर्ब ६४ करोड ५४ लाख विनियोजन भई ११ खर्ब ९६ अर्ब ६७ करोड ६० लाख खर्च भएकोमा २३.३७ प्रतिशत खर्च असारमा मात्रै भएको हो।
खर्चमध्ये असार महिनाको अन्तिम हप्तामा ७१ अर्ब ६० करोड अर्थात् कुल खर्चको ५.९८ प्रतिशत खर्च भएको छ।
महालेखाले स्वीकृत कार्यक्रम तथा खर्च गर्ने कार्यतालिकाबमोजिम निर्धारित समयमा कार्यक्रम सञ्चालन गरी वर्षान्तको खर्चमा नियन्त्रण गर्नुपर्ने उल्लेख गरेको छ।
18
Shares

प्रतिक्रिया